ओम प्रकाश यादव
रौतहट, २ कार्तिक । गएको महिनामा आएको बाढीको चपेटामा परेर प्रभावित भएका माधवनारायण नगरपालिकाको करिव तीन सय परिवारलाई शुक्रबार मेयर बैजनाथ प्रसाद यादवले राहत बाँडेका छन् ।
रौतहटको माधवनारायण नगरपालिका-६ माधोपुरमा आज
मेयर यादवले माधोपुरको बाढी पीडितहरुलाई राहत सामग्री वितरण गरेका हुन् ।
बाढी प्रभावित माधोपुरका आज तीन सय घर परिवारलाई खाद्यान्न सामग्री हसतान्तरण गरिएको मेयर यादवले बताए।
राहत वितरणका लागि माधोपुरमा करिव ६ सय घर परिवार छनौट भएकोमा पहिलो दिन आज मात्र तीन सय परिवारलाई राहत सामग्री वितरण गरिएको र बाँकी तीन सय घर परिवारलाई भोलि शनिवार राहत उपलब्ध गराइने मेयर बैजनाथ यादवले बताए ।
प्रति व्यक्ति २५ किलो चामल, दुई लिटर खाने तेल, दाल, नुन, चीनी, स्वाबिन, चिउरा लगायतका खाद्यान्न वितरण गरियो ।
सामाजिक क्षेत्रमा काम गर्ने चोआइस नेपाल नामक संस्थाको आर्थिक सहयोगमा उनीहरुलाई राहत वितरण गरिएको नगरपालिकाको कार्यालयले जनाएको छ।
लगातारको वर्षाका कारण गत असोज १२ गते बागमती नदीमा आएको भीषण बाढीले माधोपुरका ६ सय घर परिवार प्रभावित भएका थिए।
बाढी प्रभावित उक्त नागरिकहरुलाई तत्कालका लागि केही सहयोग हुने उद्देश्यले राहत सामग्री वितरण गरिएको छ।
राहत सामग्री पाएपछि पीडितहरु निकै हर्षित भएका छन्। माधव नारायण नगरपालिकाको कार्यालय परिसरमा भएको राहत वितरण कार्यक्रममा माधोपुरका वडा अध्यक्ष राम नरेश राय यादव लगाएतका व्यक्तिको सहभागिता रहेको थियो।
दुःख र विपद् परेको बेला विभिन्न दातृ निकायको सहयोग लिएर भएपनि आफूहरुलाई राहत उपलब्ध गराई दुःखमा साथ दिएको भनि बाढी प्रभावित नागरिकहरुले सहयोगी संस्था र नगर प्रमुख बैजनाथ यादवलाई धन्यवाद ज्ञापन गरेका छन् ।
बाढीले माधवनारायण नगरपालिकाका चार वटा वडा नराम्ररी प्रभावित भएका थिए । यस अघि मेयर बैजनाथ यादवले बाढीबाट प्रभावित माधव नारायण नगरपालिकाका वडा नं ७ लौकाहा फुलवरिया, ८ खडकी रज्वडा र ९ गढोका गरी १५ सय भन्दा बढी परिवारलाई राहत सामग्री वितरण गरिसकेका छन् ।
यी तीनवटा वडामा आरडीसी नेपाल र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहयाेगमा राहत वितरण गरिएको छ।
मेयर यादवले पालिका र अन्य संघ संस्थाको सहयाेगमा पीडितहरुलाई अन्य सहयोग उपलब्ध गराउन प्रयासरत रहेको बुझिएको छ।

प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट