रौतहट, ४ कार्तिक । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटिका सदस्य सहितको एक प्रतिनिधिमण्डलले आईतवार विकान प्रधानमन्त्री संग भेटवार्ता गरेका छन् ।
आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटिका सदस्य एवं सिङहाई प्रान्तका सेक्रेटरी छेन् गांग को नेतृत्वमा रहेका प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओली संग भेट वार्ता गरेका हुन् ।
भेटको क्रममा दुई देश र दुई पार्टी बीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल वृहद भएको छ । भेटमा प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिनपिङको नेतृत्वमा चीनमा गरिबीको अन्त्य सहित भएको चौतर्फी विकास असाधारण रहेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरताका लागि दुई ठूला दल एमाले र नेपाली कांग्रेसबीचको सहकार्यमा नयाँ सरकार गठन भएको जनाउँदै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोगको अपेक्षा राखे । उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र चीन विरुद्धका कुनै पनि गतिविधिका लागि नेपाली भूमि प्रयोग गर्न नदिनेमा स्पष्ट पारेको श्रोतबाट बुझिएको छ ।
चिनियाँ नेता छेन्ले नेपालका राजनीतिक दलले गरेका निर्णयमा आफूहरुको सम्मान रहने र भ्रमणका क्रममा आएका विषयवस्तु महासचिव सीलाई जानकारी गराउने बताए । यसअघि छेन्ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन