रौतहट, ४ कार्तिक । गएको असोज महिनामा आएको भिषण बाढीबाट प्रभावित भएपनि राज्यबाट रौतहटका पाँच वटा स्थानीय तह संग विभेद गरेको भन्दै स्थानीय तहका प्रमुखहरुले संयुक्त रुपमा आईतवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलार्ई ज्ञापन पत्र बझाएका छन् ।
गौर नगरपालिकाको नगरप्रमुख शम्भु साह, माधवनारायणका नगरप्रमुख बैजुप्रसाद यादव, इशनाथका नगरप्रमुख कौशल्या देवी, बौधीमाई नगरपालिकाको नगरप्रमुख प्रदीप यादव र यमुनामाई गाउँपालिकाको अध्यक्ष महम्मद सउदले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय रौतहटमा उपस्थित भई प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
गत असोज १० देखि १२ गते सम्म भएको घनघोर बर्षाबाट असोज १३ गते वागमती र लाल बकैया नदी सहित विभिन्न खोलामा आएको बाढीबाट जिल्लाको अधिकाँश भु भाग डवानमा परेर ठूलो भौतिक संरचनाको क्षति भएका थिए । बागमती नदीले गढीमाई नपाको लक्ष्मिपुर र धरमपुर तथा राजदेवी नपाको बाँध फुटाएको र लाल बकैया नदीले झौवा, हर्षाहा, मर्यादपुर, इनर्वा, तेजापाकड, वैरियाको बाँध कटान गरेर स्थानीयहरुको घरमा बाढी प्रवेश गरेर ठूलो क्षति भएको छ । किसानहरुको हजारौं विगहामा लगाइएका धान बाली नष्ट भयो । व्यापारिक प्रतिष्ठानमा ठूलो क्षति भएपनि तर राष्ट्रिय विपद जोखिम न्यूनिकरण व्यवस्थापन शाखाले यी पालिकाहरुको नाम संकटग्रस्तको सूचीमा नराखेकोमा आक्रोश पोख्दै स्थानीय तहका प्रमुखहरुले प्रजिअ हिरालाल रेग्मी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए ।
गत असोज २१ गते प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर यहाँका किसान, व्यापारी र स्थानीय बासिन्दाहरुको असहनिय पीडालाई चाँडै सम्बोधन गर्नुपर्ने माग गरिएका थिए । तर उक्त मागलाई बेवास्ता गर्दै रौतहटका पाँच वटा पालिकालाई मात्रै बाढी प्रभावित पालिका घोषणा गरेर हामीहरु संग राज्यले सुनियोजित रुपमा विभेद गरेको ठहर गर्दै आज पुनः प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले भने ।
नेपाल सरकारको गृह मन्त्रालयको नेपाल राजपत्र खण्ड ७४ असोज २१ गते २०८१ साल अतिरिक्त ३३ मा प्रकाशित सूचना अनुसार रौतहट जिल्लाको विभिन्न ५ स्थानीय तह विपद संकटग्रस्त घोषणा गरिएकोमा सो तर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भई वागमती र लालबकैया नदी छेउमा रहेका गौर, माधवनारायण, इशनाथ, बौधीमाई नगरपालिका र यमुनामाई गाउँपालिका बाटीबाट अति प्रभावित भएपनि विपद संकटग्रस्त क्षेत्र घोषणा नभएकोमा दुखेसो पोख्दै माधवनारायणका नगरप्रमुख बैजनाथ प्रसाद यादवले राज्यले सम्बोधन गर्न इन्कार गरेको महसुस भएकोमा विपद संकटग्रस्त क्षेत्र समावेश गर्न छुट भएकोमा यी पालिकाहरुलाई समावेश गरी यहाँका जनताहरुको आलो घाउँ माथि मलहम लगाइनका लागि समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराउनका निमित्त यो ज्ञापन पत्र बुझाइएको उनले स्पष्ट पारे ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट