0
Shares
सर्लाही, ५ कार्तिक । घरमा लागुऔषध गाँजा लुकाएर राखेको अवस्थामा सर्लाही प्रहरीले छापा मारेर युवक सहित गाँजा बरामद गरेका छन् ।
सर्लाहीको व्रम्हपुर गाउँपालिका वडा नम्वर ५ सखुअवा गाउँका विद्यानन्द साहको २१ बर्षिय छोरा पंकज साहले घर भित्र लागुऔषध गाँजा लुएर राखेको सूचना प्रहरी प्राप्त गरेपछि प्रहरीले उक्त घरमा छापा मारेर करिव १० किलोग्राम गाँजा सहित पंकजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका हुन् ।
गाँजा सहित पक्राउ परेका पंकजलाई जिल्ला अदालत मलंगवाबाट ७ दिनको म्याद लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन