आकर्षक रकम कमाउन सक्ने प्रलोभनमा पारेर नेपाली युवालाई ठगी धन्धामा लगाउने चिनियाँ गिरोह सक्रिय

0 Shares

आकर्षक रकम कमाउन सक्ने प्रलोभन देखाएर बैदेशिक रोजगारीका नाममा नेपाली युवायुवतीहरुलाई विभिन्न देशमा पुर्याउने कार्यमा चिनियाँ गिरोह यतिखेर नेपालमा सक्रिय रहेका छन् ।
चिनियाँ गिरोहद्धारा संचालित अनलाइन स्क्यामिङ (ठगी) गर्ने कार्यमा नेपाली युवायुवतीलाई लगाएर फसाउने कार्य भईरहेको प्रहरीको अनुसन्धानबाट तथ्यहरु सार्वजनिक भएका हुन् ।
चिनियाँ गिरोहले नेपाली युवायुवतीहरुलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनाम लगायतका देशहरुमा पुर्याइ अनलाइन ठगी धन्दामा लगाउने गरेको रहस्य यतिखेर खेलेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी एसपी कृष्णप्रसाद पंगेनीका अनुसार अनलाइन स्क्यामिङको जालो ठूलो रहेको छ ।
उनले भने, “सुरुमा गिरोहका सदस्यले नेपाली युवायुवतीलाई वैधानिक तबरले विदेश पुर्याउने भन्छन् तर त्यस्तो हुँदैन । उनीहरूले विदेशमा पुर्याएपछि बन्धक जस्तै बनाएर अनलाइन स्क्यामिङमा लगाउने गरेका पाइएका छन् ।”
गोरखा जिल्लाका ३२ वर्षीय युवक आफन्त मार्फत राम्रो कम्पनीमा मासिक १५ देखि २० हजार अमेरिकी डलर पारिश्रमिक पाउने आश्वासनमा करिब एक वर्ष पहिला लाओस पुगेका थिए । “हामीले उनीहरूले भने अनुसारको काम गर्न सकेनौं ।” “गिरोहका सदस्यले नेपाली युवालाई केटीको नाममा फेक आइडी बनाउन लगाएर अमेरिकी र युरोपेली सँग च्याट गर्न लगाउँथे । च्याटबाटै क्रिप्टो करेन्सीमा पैसा हाल्न लगाउन विभिन्न प्रलोभन दिनुपथ्र्यो । कसैले भिडियो च्याटमा कुरा गर्न चाहेमा देखाउन युवती पनि राखिएका हुन्थे,” अर्का पीडितले भने ।
ठगीको यस्तो काम गर्दैनौं भन्दा करिब ४ लाख रूपैयाँ तिरेपछि मात्र नेपाल फर्कन पाइने भनेको ती युवकले बताए । सजिलै स्वदेश फर्कन सहज थिएन तर जेनतेन उनीहरू फर्किए । उनीहरूले नेपाल फर्किए लगतै नेपाल प्रहरीको मावन बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिए ।
प्रायः आर्थिक अवस्था कमजोर भएका युवालाई कम्बोडिया, म्यानमार, थाइल्यान्ड, भियतनाम, लाओस जस्ता देश लगेर अनलाइन स्क्यामिङमा लगाउने गरेको पाइएको ब्युरोका एसएसपी जीवनकुमार श्रेष्ठले भने । अहिले अनलाइन स्क्यामिङको समस्या भयावह छ । नेपालीलाई विभिन्न मुलुकमा पुर्याएर अनलाइन स्क्यामिङमा लगाउने गरेको उजुरी परेका छन् एसएसपी श्रेष्ठले भने ।
अनलाइन ठगी धन्दा चलाउने चिनियाँ गिरोहले यसमा गरिब देशका युवालाई लगाउने गरेका छन् । ब्युरोमा हालसम्म अनलाइन स्क्यामिङ सम्बन्धी १४ वटा उजुरी अहिले सम्म परेको जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।