गोडैतामा लोसपाद्धारा दिपावली एवं छठ पर्वको शुभकामना आदानप्रदान

0 Shares

सर्लाही, ५ कार्तिक । सर्लाहीको गोडैता नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीद्धारा शुभ दिपावली एवं छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरे ।
गोडैता नगरपालिका वडा नम्वर २ बेल्वाजबदी स्थित पोखरी चौकमा सोमवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रम लोसपाका वरिष्ठ उपाध्यक्ष प्रदिप नारायण यादवको प्रमुख आतिथ्यतामा आयोजना भएको लोसपाका गोडैता नगर अध्यक्ष मुकेश ठाकुरले जानकारी दिए ।
शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै लोसपाका केन्द्रिय महासचिव तथा गोडैताका मेयर देवेन्द्र यादवले जनताको सुख दुखमा साथ दिने पार्टीनै सर्वोत्तम पार्टी रहेको उहाँले टिप्पणी गरे ।
लोसपा पार्टी मधेस आन्दोलन लगायत देशका विभिन्न राजनीतिक परिवर्तनमा महत्वपूर्ण भुमिका निर्वाह गरेको स्मरण गराउदै जनताको मुलभुत अधिकार तथा माग सम्बोधन गर्ने पार्टी नै आम नागरिकको पार्टी रहेको उनले बताए ।
मेयर यादवले मञ्चबाटै अगामी स्थानीय तहको निर्वाचनमा वडा नम्वर २ का वडाअध्यक्ष पदको उम्मेदवारमा लोसपाका तर्फबाट भोला महतोको नाम अघि समेत सारे । अन्त्यमा उनले हिन्दुहरुको महान चाड शुभ दिपावली तथा छर्ठ पर्वको पावन अवसरमा नगरका सम्पुर्ण नगरवासीमा सुख, शान्ति तथा दीर्घायुका कामना समेत गरे ।
वडा नम्वर २ का निर्वतमान वडाअध्यक्ष भोला महतो को अध्यक्षतामा सम्पन्न उक्त शुभकामना अदानप्रदान कार्यक्रममा सुचु मिश्रले मञ्च सन्चालन तथा नगरअध्यक्ष मुकेश ठाकुरले स्वागत गरेका गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।