काठमाडौं, ६ कार्तिक । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले “रविलाई जाक्ने र उपेन्द्रलाई बोक्ने” प्रधानमन्त्री संग प्रश्न गरे ।
सरकारलाई समर्थन गरेकै भरमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई संरक्षण गर्ने तथा सरकारको तिव्र विरोध गरेका कारण रास्वपा अध्यक्ष लामिछानेलाई जाक्ने उद्देश्यबाट पक्राउ गरिनु ठिक नभएको प्रधानमन्त्री संग उनले गुनासो गरे ।
सरकारको नेतृत्वमा नहुँदा हिजोको दिनमा प्रधानमन्त्री ओलीजीले संसदमा सहकारी ठगी प्रकरणमा रवि निर्दोष भएको बताउँने तर आज सरकारको विरोध गरेपछि रविजी दोषी कसरी भए ? आजपा अध्यक्ष प्रधानमन्त्री ओलीसंग प्रश्न गर्दै भने, ‘सरकारको समर्थन गरेकै आधारमा गौर हत्याकाण्डका उपेन्द्रलाई बोक्ने र विरोध गर्ने रविहरुलाई जाक्ने काम ठिक होईन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार विपक्षी दलहरुको नेता संग प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन गएकै क्रममा आजपा अध्यक्ष साहले गौर हत्याकाण्डका हत्याराहरुलाई छिटो भन्दा छिटो कारवाही गर्नुपर्ने माग राखे । पीडित परिवारलाई न्याय दिलाउन आफनो पूर्ण पूर्ण साथ सहयोग रहने बताउदै उनले उक्त काण्डका हत्याराहरु खुलेआम घुमिरदा समेत सरकार रमिते भएर बसेको आरोप प्रधानमन्त्री सामु लगाए ।
उनले सरकारको समर्थन वा विरोध गर्ने आधारमा नभई प्रमाणका आधारमा कारवाही हुनुपर्ने बताए । तर सरकारले विरोध गर्ने विपक्षीलाई जेल हाल्ने र दोषी भए पनि सरकारको समर्थन गर्नेलाई बोक्ने काम प्रधानमन्त्री ओलीले गरिरहेको आरोप लगाए ।
‘गौर हत्याकाण्डका हत्यारालाई कारवाही गर्न सरकारले आलटाल गरिरहेको छ । हत्यारासंगै साठगाठ गरेको छ । यस्तो अवस्थामा पीडितले कसरी न्याय पाउँछ ?’ आजपा अध्यक्ष साहले सञ्चारकर्मीसंग भने, ‘हामीले यस बारेमा पटक पटक सरकारलाई ध्यानाकर्षण गराउँदै आएका छौं । यसभन्दा अघिल्लो सरकारले कारवाहीका लागि पहल गरेको थियो । तर अहिले आएर सरकारले हत्यारासंगै साठगाठ गरेकाले हत्याराहरु खुलेयाम घुमिरहेका छन, सरकार रमिते भएको छ ।’ उनले गम्भीर आरोप लगाए ।
यसैबीच आजपा अध्यक्ष साहले बाढीपहिरो, डुबानले तराई मधेस तहसनहन भएको अवस्थामा सरकारले बाढीपहिरो संकटग्रस्त क्षेत्र घोषणा गर्दा मधेस संग विभेद गरिएको आरोप लगाए । रौतहट सहितका जिल्लामा बाढी, डुबानले अर्बौको क्षतिभएको बताउँदै उनले पीडितलाई न्याय दिन सरकारले चासो नदिएको उनले बताए ।