जनकपुरधाम, २६ कार्तिक । मंसिर १६ गते हुन गईरहेका स्थानीय तहको उप निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन नेपाली काँग्रेसको मधेस प्रदेश कार्य समितिले निर्णय गरेका छन् ।
मधेश प्रदेश अन्तर्गत ७ स्थानीय तहमा रिक्त रहेका स्थानका लागि आउदो मंसिर १६ गते हुने उप– निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन आ आफना क्षेत्रमा प्रभावकारी कदम चाल्न समेत मधेश प्रदेश समितिको बैठकबाट निर्ण गरिएका हुन् ।
मधेसमा सबैभन्दा धेरै जनआधार कांग्रेसको रहेकोमा सात बटै वडा स्तरमा हुने उप–निर्वाचनमा उमेदवारलाई टिकटको जिल्लाबाट आएको सिफारिसका आधारमा प्रदेश स्तरको संसदिय समितिले निर्णय गर्ने प्रदेश प्रचार प्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिए ।
प्रचारप्रसार समिति गठन गर्ने निर्णय गर्दै, कार्तिक २४ गते नेपाली काँग्रेस मधेश प्रदेश पदाधिकारी एवम् कार्य–सम्पादन समिति को बैठकले गरेको निर्णयलाई समेत अनुमोदन गर्ने भएको उनले भने । मंसिर १६ मा हुने मधेश प्रदेश अन्तर्गत सप्तरी २, धनुषा १, महोत्तरी १ र रौतहट ३ गरेर ७ वटा स्थानीय तहकोे वडा अध्यक्षको रिक्त पदमा हुने उप निर्वाचनमा सम्पूर्ण पार्टी पंक्तिलाई केन्द्रीत हुन आह्वान गरिएको छ ।
उप निर्वाचनलाई परिणाममुखी वनाउन धनुषामा पुर्व मन्त्री रामसरोज यादव, सप्तरीमा महामन्त्री उपेन्द्र यादव र सहमहामन्त्री पर्शुराम चौधरी, महोत्तरीमा नरेन्द्र यादव, रौतहटमा सहमहामन्त्री जयनारायण यादव, सुर्या बाहादुर थापा लाई जिम्मेवारी तोकिएको छ ।
नेपाली काँग्रेस र नेकपा एमालेको नेतृत्वमा गठन भएको वर्तमान संयुक्त सरकारलाई सफल वनाउन प्रदेश स्तरीय दुई दलिय राजनीतिक संयन्त्र बनाउने केन्द्रीय निर्णय अनुसार नेपाली काँग्रेसको तर्फबाट प्रदेश सभापति कृष्णा यादवको संयोजकत्वमा ३ सदस्यीय संयन्त्र निर्माण गरिएको प्रचार प्रसार विभाग प्रमुख गुप्ताले जानकारी दिए ।
१०० दिने केन्द्रीय अभियान र क्रियाशील सदस्यता वितरण लगायत प्रदेश मातहतका निकायहरू सुपरिवेक्षण र समन्वयका लागि ८ वटै जिल्लामा खटाएका प्रदेश पदाधिकारी सदस्यहरूको केन्द्रीय प्रतिनिधि र जिल्लामा जानकारी दिंदै जिम्मेवारी निर्वाहलाई प्रभावकारी वनाउने निर्णय पारित गरेको प्रचारप्रसार विभाग प्रमुख गुप्ताले जानकारी दिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन