रौतहट, २९ कार्तिक । सत्तारुद्ध दल मध्येका नेकपा एमालेले समाजिक सदभाव कायम तथा राष्ट्रिय एकता एवं अखण्डताको रक्षार्थ आउदो मंसिर ७ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।
मुलुकमा बढ्दै गएको अराजकता एवं अविश्वासका विच समाजिक सदभाव, राष्ट्रिय सदभाव, राष्ट्रिय एकता तथा आम नागरिकलाई राजनीतिक स्थिरताको सन्देश प्रवाहित गर्ने उद्देश्यबाट सरकारको नेतृत्व गरिरहेका एमालेले मंसिर ७ मा संघिय राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्ने तयारीमा जुटेको हो ।
जागरण सभाको नाममा एमालेले समाजमा बढ्दो बेथिति विरुद्ध आफ्ना नेता–कार्यकर्ता परिचालन गर्दै उपत्यका स्तरीय प्रदर्शन गर्ने तयारी गरेको बताइएको छ । उक्त सभा एवं शक्ति प्रदर्शनमा करिब एक लाख नेता–कार्यकर्ता सडकमा आउने एमाले नेताहरूले बताए । काठमाडौँको भृकुटीमण्डमा हुने जागरण सभामा एमालेले उपत्यकाका तीन वटै जिल्लाको सम्पूर्ण पार्टी शक्ति परिचालन गर्ने तयारी गरेको छ ।
सभालाई प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तयारी रहेको छ । जागरण सभालाई भव्य र व्यवस्थित बनाउन जनसंगठन र सम्पर्क मञ्च परिचालन गरेको छ ।
प्रमुख प्रतिपक्ष लगायत विपक्षी दलहरूले सरकारको काम कारबाही र कार्यशैलीको आलोचना गर्दै संघर्षका कार्यक्रम चलाइरहेका बेला सत्तारूढ दलमात्रै नभएर सरकारकोे नेतृत्वकर्ता दल एमाले नै सडकमा शक्ति प्रदर्शनमा उत्रन लागेको हो जागरण सभा संयोजन समितिका सहसंयोजक एवं नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले मंसिर ७ गते उपत्यकाका तीन जिल्लाको एमाले तागत देखिने बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन