नयाँ दिल्ली, एजेन्सी । भारतीय प्रधानमन्त्री र स्पेनका राष्ट्रपति बीच राणनीतिक साझेदारी सम्बन्धलाई बलिया बनाउन प्रतिबद्धता जनाए ।
मिडिया रिपोर्टका अनुसार, प्रधानमन्त्री नरेन्द्र मोदी र स्पेनका राष्ट्रपति पेद्रो साञ्चेज बीच भएको आपसी भेटघाटको क्रममा भारत–ईयु रणनीतिक साझेदारीलाई बलियो बनाउने प्रति प्रतिबद्धतालाई दोहोर्याए ।
दुई नेताले भारत–ईयू कनेक्टिभिटी साझेदारीका उद्देश्यहरूलाई पूर्णरूपमा कार्यान्वयन गराउन तथा त्यसबाट प्राप्त गर्न सहयोगलाई बढाउने र भारत–मध्य पूर्व–यूरोप आर्थिक करिडोर (IMEEC) को सम्भावनालाई उच्च मूल्यांकन गरेका छन् ।
भारत भ्रमण राष्ट्रपति साञ्चेजको पहिलो हो र स्पेन सरकारको राष्ट्रपति भएर १८ वर्षपछि पहिलो पटक भारत आए । सा साञ्चेज सँग यातायात तथा दिगो गतिशीलताका मन्त्री, उद्योग तथा पर्यटन मन्त्री, र उच्चस्तरीय आधिकारिक तथा व्यवसायिक प्रतिनिधिमण्डल समेत आएका थिए।
प्रधानमन्त्री मोदी र राष्ट्रपति साञ्चेजले भारत–ईयू त्रिपक्षीय वार्तालाई प्रगाढ बनाउँदै विस्तृत स्वतन्त्र व्यापार सम्झौता, लगानी सुरक्षा सम्झौता र भौगोलिक संकेत सम्झौताको दिशामा पनि सहमति गरेका छन् ।
यो सहयोगले भारत र यूरोपबीच व्यापार, लगानी, प्रविधि, ऊर्जा, बन्दरगाह र पूर्वाधार विकासमा सहयोगको नयाँ आयामलाई उजागर गर्ने अपेक्षा गरिएको छ । साथै यो सम्बन्धले दुई देशबीचको समग्र राजनीतिक, आर्थिक, सुरक्षा र सांस्कृतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ ।
श्रोतः एजेन्सी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन