सुरक्षाकर्मीकै सेटिंगमा रौतहट तस्करीको हव बन्दै

0 Shares

रौतहट, २ मंसिर । रौतहटको भारत संग जोडिएका सीमा भएर गैरकानुनी रुपमा राजस्व छलेर मालसामानको आयात र निर्यात गर्ने कार्य जारी रहेका छन् ।
गैरकानुनी तवरबाट त्यस्ता आयात निर्यात हुने (अथवा, विशुद्ध भाषामा तस्करी) कार्यमा यहाँका सुरक्षाकर्मीहरुको मिलोमतोमा कार्य जारी रहेका श्रोतले बताएका हुन् ।
खास गरेर बकैया नदी पश्चिम इशनाथको बन्जरहा नाका भएर अमरजित साहले भारतबाट कपडा भित्रयाउने गरेको र नेपालबाट गिटी र मदिरा भारत तर्फ लग्ने गरेको छ । धरमजित साह मदिरा र गिटी नेपालबाट भारत तर्फ लैजाने गरेको श्रोतले बतायो । सोही नाकाबाट ओमप्रकाश साहले ठूलो परिमाणमा मदिरा भारत तर्फ लैजाने गरेका छन । केही महिना अघि मदिरा लैजाने क्रममा सीमामा तैनाथ एसएसबीका जवानलाई एक्लै पाएर अमरजितर ओमप्रकाशले निर्घात कुटपिट गर्दा उनीहरु विरुद्ध मोतिहारी प्रहरीले एफआईआर दर्ता समेत गरेका थियो ।
यस्तै मठिया, महुलिया, लतमरी नाका भएर मुन्ना, राजु, रुपेश सहितका तस्करहरुले दैनिक रुपमा कुखुराको चल्ला, कपडा, किराना सामान भित्रयाउने गरेको छ । उक्त कार्य गर्न १० वटा भरियालाई भारतीय नम्वरको मोटरसाइकलमा मालसामानहरु ढवानी गर्ने गरेका छन् । यस्तै राजपुरका मुस्तुफा दैनिक लाखौंको कपडा भित्रयाउने गरेका छन् । राजपुरकै नवल साह दुई वटा मोटरसाइकलमा खैंनीको कारोवार गर्दै आएको श्रोतले बतायो ।
त्यती मात्रै नभई परोहा नगरपालिकाको रामपुरखाप स्थित सशस्त्र बेस क्याम्प भएर बर्कत मियाँ सहितका कारोवारीहरुले नेपालबाट भारत तर्फ कबाड र भारतबाट नेपालमा ठूलो परिमाणमा चिनी, कपडा, हार्डवेयर, चप्पल जुता, विडी बनाउने सुख्खा पत्ता, अर्जुन पटेल दाजुभाईले पनि चिनी, कपडा सहितका सामानहरु दैनिक रुपमा ओसारपसार गरिरहेको पाइएका छन् ।
यस्तै लक्ष्मिपुर बेलविछवा भएर सुरेश यादव हार्डवयर, मलखाद्य, धान, कपडा ल्याउने गरेको छ भने सोही स्थानका रुपेश यादव र ब्रम्हदेव यादवले मदिरा, किराना सामान, आलु प्याज, कपडा सहितका सामानहरु विहान देखि राति सम्म ओसारपसार गर्ने कार्य जारी राखेको ति श्रोतले बतायो ।
महादेवपटी देखि बकैया बाँधको बाटो भएर रोशन जयसवाल, रवी यादव र किरनियाले दैनिक रुपमा लाखौंको कपडा, चिनी भित्रयाउने गरेका छन् ।
यिनीहरु यस्ता अवैध कार्य गर्दा सम्बन्धित युनिटका नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिंगमा कारोवार जारी रहेको तस्कर श्रोतले नै जानकारी दिए । रौतहटका प्रहरी प्रमुख दिलिप घिमिरे अलिकति पनि राजस्व चुहावट हुन नदिने, अबैध कार्य हुने नदिने भनिरहदा पनि उनकै मातहतबाट यस्ता अबैध कार्यहरु संचालन भईरहदा पनि नियन्त्रण हुन सकेका छैनन् ।
तस्कर श्रोतका अनुसार बिना सेटिंगका सामानहरु समातिने तर सेटिंग भएका व्यक्तिका सामानहरु निर्वाध रुपमा गणतव्य सम्म पुग्ने गरेको हुँदा अहिले यहाँ दुई प्रकारका कार्यहरु संचालनमा रहेको बताए । बन्जरहाका कुख्यात तस्कर अमरजित साहको भाई नगिना साह सशस्त्र प्रहरीमा जागिरे रहेको र धेरै समय रौतहटमा घुमुवा प्रहरी बनेर बसेको हुँदा दाईलाई तस्करीमा सघाउदै आएका थिए । तर अहिले रौतहटबाट बाराको पथलैयामा बसेर पनि रकम संकलन तथा दाईलाई संरक्षण दिने कार्य जारी राखेको श्रोतको दाबी छ ।
राजस्व संकलनमा ह्रास
चालु आर्थिक बर्षको पहिलो चार महिनामा लक्ष्य राखिएका भन्दा कम राजस्व संकलन भएको छ । साउन देखि लिएर कार्तिक महिना सम्म मात्रै लक्ष्य राखिएकोमा ६७ प्रतिशत मात्रै राजस्व संकलन भएको गौर भन्सार कार्यालयका प्रमुख अमिन्द्र सिंहले बताए ।
लक्ष्य भन्दा कम राजस्व चोरी तस्करीको कारण कम उठेको भने प्रश्नको जवाफमा खाद्यान्न सामग्री नआउदा राजस्व प्रभावित भएको छ, यहाँ फुड क्वारेन्टाइन नभएको हुँदा असर अलि परेको तथा विभिन्न नाकाहरुबाट भईरहेको मालसामानहरुको ओसारपसारको असर पनि राजस्व संकलनमा देखिएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।