ओमप्रकाश यादव
रौतहट, २ मंसिर । स्थानीय तहमा रिक्त रहेका वडाध्यक्ष पदका लागि आउदो १६ गते हुने उपनिर्वाचनका लागि रौतहट जिल्लामा उत्साहपूर्वक एवं सौहादपूर्ण वातावरणमा उम्मेदवारहरुले आ आफनो मनोनयन पत्र दर्ता गराएका छन् ।
रौतहट जिल्लामा तिन स्थानीय तहका तिन वटा वडामा मंसिर १६ गते हुने उप निर्वाचनका लागि आज आईतवार तोकिएका मनोनयन पत्र दर्ताका क्रममा उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराएका हुन् ।
गढीमाई नगरपालिका वडा नम्वर ८, राजपुर नगरपालिका वडा नम्वर ६ र इशनाथ नगरपालिका वडा नम्वर ७ को अध्यक्ष पदाका लागि हुने उपनिर्वाचनमा नेपाली काँग्रेसी, नेकपा एमाले, जसपा, सहित विभिन्न दलका एवं स्वतन्त्र उम्मेदवारहरु जुलुश, रैली तथा बाजागाजा सहित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएर मनोनयन पत्र दार्ता गराएको बताइएको छ ।
गढीमाई नगरपालिका वडा नम्वर ८ विरनगराको वडा अध्यक्ष पदका लागि दल र स्वतन्त्रबाट गरी कुल १६ जनाको उम्मेदवारी गराए । दलबाट सात जनाको उम्मेदवारी परेको छ भने ९ जना स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले बरियारपुरले जनाए ।
गढीमाईमा उप निर्वाचनमा कांग्रेसको तर्फबाट अध्यक्ष पदमा सुबोध कुमार यादवको उमेदवारी दर्ता गराइएको कांग्रेस मधेस प्रदेश विभाग प्रमुख नितेश कुमार गुप्ता बताए । गढीमाई नगरपालिका वरियारपुर स्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर यादवले उम्मेदवारी दर्ता गराए ।
यस्तै नेकपा एमालेबाट जीउती देवी यादव, नेकपा एकीकृत समाजवादी पार्टीबाट बजरंगी प्रसाद यादव, जनता समाजवादी पार्टी नेपालबाट संदेश प्रसाद यादवले उम्मेदवारी दर्ता गराएको बताइएका छन् । जनमत पार्टीबाट सुरेन्द्र राउत कुर्मी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामबालक साह र राष्ट्रिय मातृभूमि पार्टीबाट साहेबलाल राउतले उम्मेदवारी दर्ता गराए ।
स्वतन्त्र उम्मेदवारको रुपमा अनिल कुमार यादव, चन्द्रिका प्रसाद यादव, दिनेश राय यादव, नरेन्द्र ठाकुर, रामविधार्थ प्रसाद जयसवाल, राम विश्वास राय यादव, रामसिंह राय यादव र श्रीश्याम प्रसाद यादवले उम्मेदवारी दर्ता गराएको बुझिएको छ ।
राजपुर नगरपालिका ६ का वडा अध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट समसे आलम र इशनाथ नगरपालिका –७ को वडा अध्यक्षमा शेख अब्दुल खलीक सहितका विभिन्न दल एवं स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराए ।
मनोनयन पत्र दर्ता गराउने महाअभियानलाई सार्थक बनाउन नेपाली काँग्रेस मेधशप्रदेशका सभापति एवं पूर्व मन्त्री कृष्णप्रसाद यादव, प्रतिनिधि सभा साँसद देवप्रसाद तिमलसिना, गढीमाईका मेयर श्यामप्रसाद यादव, माधवनारायणका मेयर बैजनाथ प्रसाद यादव, राजपुरका मेयर डा. राजिक आलम, परोहाका मेयर शेख वकिल सहित पार्टीका जिल्ला सचिव रामचन्द्र गिरी सहित नेता एवं कार्यकर्ताहरुको उत्साहपूर्वक उपस्थिति रहेको थियो ।