जनकपुरधाम, ३ मंसिर । आम जनता पार्टी (आजपा) का राष्ट्रिय अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता र सडकबाट आतंक मचाउन खोजेको गम्भीर आरोप लगाए ।
“भ्रष्टाचार विरुद्ध मधेश यात्रा” कार्यक्रम अन्तर्गत सोमवार धनुषाको सबैला बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले लोकतन्त्रलाई सिद्धयाउनका लागि ओलीले सरकार र सडकबाट आतंक मचाउन खोजेको उनले गम्भीर आरोप लगाएको हो ।
कांग्रेस र एमालेले गठन गरेको राजनीतिक संयन्त्रलाई उनले संयन्त्र नभई षडयन्त्र र भ्रष्टाचारलाई संस्थागत गर्न बनाइएको ‘जालझेल कमिटी’ भएको टिप्पणी गरे ।
‘लोकतन्त्रका लागि लडेको पार्टीमा अहिले निरंकुशताको पथमा अघि सरेको छ । निश्चित व्यक्तिको स्वार्थका लागि पुरै पार्टी सती जानुपर्ने किन ? लोकतन्त्र नै खतरामा छ, यो दलीयतन्त्रले भ्रष्टाचार, मनोमानी, बेथिति, कुशासन बढाएको छ’ आजपा अध्यक्ष साहले भने, ‘दुई ठुला दल मिलेर सरकार गठन गर्नुको उदेश्य नै भ्रष्टाचारीलाई जोगाउँने, अपराधीलाई संरक्षण गर्नका लागि हो । हैन भने गिरिबन्धु, ललिता निवास, टेरामक्स, वाईडवडी लगायतका ठुलाकाण्डका भ्रष्टलाई यो सरकारले कारवाही किन नगरेको होला ? भ्रष्टाचारीलाई कारवाही गर्न कसले रोकेको छ ?’ उनले गम्भीर प्रश्न उठाए ।
अहिले मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन, मनपरी कर, महंगी, बेरोजगारी, बैदेशिक रोजगारको ठगी, भन्सारको मनोमानी कर, सिमावर्ती क्षेत्रमा सरकारले निजि सम्पती लुट्ने काम बढदै गईरहेको बताउदै उनले सरकारले मुलुकमा आतंक मचाएको आरोप लगाए ।
सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक र जनताका लागि काम गर्नुको साटो जतलाई तर्साउने, डराउने, आतंक मचाउन सडकमा प्रदर्शन गर्न लागेको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन