नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा गढीमाईको दर्शन गरेर निर्वाचन केन्द्रीत कार्यक्रममा सहभागी हुनेः विभागीय प्रमुख गुप्ता

0 Shares
ओमप्रकाश यादव
रौतहट, ६ मंसिर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विश्वप्रसिद्ध पञ्चबर्षीय गढीमाई माताको वरियारपुर स्थित मन्दीरमा दर्शन गरेका छन् ।
मधेश प्रदेशको विभिन्न जिल्लाहरुमा भईरहको उपनिर्वाचनको क्रममा निर्वाचन लक्ष्ति प्रचारप्रसारको क्रममा सहभागी हुन नेपाली काँग्रेसका महामन्त्री शर्मा आज बिहान वरियारपुर स्थित गढीमाई मन्दिरमा माता गढीमाईको दर्शन गरेका हुन् ।
गढीमाई दर्शन गरेपछि आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै  महामन्त्री शर्माले पाँच वर्षमा लाग्न थालेको गढीमाई मेलाको क्रममा माता गढीमाई संग दर्शन गर्न पाउँदा आफू निकै गौरवान्वित एवं सौभाग्यशाली भएको बताए ।
नेपाल भारत सहित विश्वमा प्रख्यात एवं चर्चित रहेका पवित्र धार्मिक स्थलको शक्तिपिठको रूपमा रहेको महागढीमाई नगरपालिकाको बरियारपुर स्थित गढीमाई माताको दर्शन गर्ने सौभाग्य प्राप्त हुनु आफैंमा निकै खुशीको क्षण भएको उनले बताए ।
गढीमाई माताको आशीर्वाद सबैलाई प्राप्त होस, सबै नेपाली सुखी एवं समृद्धशाली बनोस, गढीमाईले सबैलाई कल्याण गरून् भने उनले कामना गरे । पाँच वर्ष पछि लाग्न थालेको धार्मिक पर्यटकीय स्थलको रूपमा रहेको विश्व प्रख्यात बरियारपुरको गढीमाई मेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन उनले मेला समिति सहित सबै पक्षलाई आग्रह गरे ।
गढीमाईको दर्शन गरेका कांग्रेस महामन्त्री शर्मा आज रौतहट स्थित उपनिर्वाचन लक्षित कार्यक्रममा सहभागी हुने कांग्रेसका मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए । महामन्त्री शर्माले उपनिर्वाचन हुन् लागेको रौतहटको ईशनाथ नगरपालिका वडा नम्वर ७, राजपुर नगरपालिका वडा नम्वर ६ र गढ़ीमाई नगरपालिका वडा नम्वर ८ मा आजै पार्टीद्धारा आयोजित कार्यक्रमा कार्यक्रममा सहभागी हुने विभागिय प्रमुख गुप्ताले भने ।
महामन्त्री शर्माले आज राती कांग्रेसका मधेश प्रदेश सभापति कृष्णा प्रसाद यादवको घर रौतहटको विरनगरामा बास बस्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।