कटहरिया संवाददाता
रौतहट जिल्लाका स्थानीय तहमा नियम कानुन मिच्दै अनियमित कार्यहरु बढ्दै गएको पाइएको छ, सोहीको उदाहरण स्वरुप कटहरिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका रामजी जोशीको कार्यशैली त झन् स्थानीय सरकार संचालन ऐन विपरित रहेको पाइएका छन् ।
कटहरिया नगरपालिकाका हाकिम (प्रमुख प्रशासकीय अधिकृत) कार्यालय बाहिरै बसेर चेक काट्दै तथा कमिसनमा आइफोन लिएको जिल्लाभरी चर्चा परिचर्चा चुलिएका हुन् ।
कटहरिया नगरपालिकामा मेयरको रुपमा नेपाली कांग्रेसको तर्फबाट अजय प्रकाश जयसवाल निर्वाचित भए देखिनै भौतिक पूर्वाधार निर्माण तथा विकासको कुनै ठोस काम हुनसकेको छैनन् । बिगतका बर्षहरुमा आर्थिक सहयोग र बिपद व्यवस्थापन, डिपिआर, कृषी, पिछडिएको वर्गलाई सहयोग, ईन्धन खर्च, करार कर्मचारीको तलबको नाउँमा मेयर जयसवालले करोडौं रुपैयाँ निकासा गर्दै आएको छ ।
नगपालिकाको बजेटबाट उपमेयर रिता देवी यादवले पनि बितेको दुई बर्षमा माटो ग्रेभल छर्किनु बाहेक अन्य कुनै ठोस विकास गर्नसकेका छैनन् । बिगतमा शिक्षा स्वास्थ्य तर्फका निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउनेहरु ले पनि आफ्नो दायित्व पूरा नगरेको कारण कटहरियामा बेथिति बढेको श्रोतले बतायो । यसता बेथितीलाई हटाउन मन्त्रालयले गरेको प्रयास पनि विफल भएको छ । कटहरियाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शाखा अधिकृत लाई दिए पनि समस्या ज्युँ का त्यूँ रहेको बताइएको छ ।
जुन जोगी आए पनि कानै चिरेका भन्ने उखानलाई कटहरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामजी जोशीले चरितार्थ गरेका छन् । प्रमुख प्रशासकिय अधिकृत जोशी आफ्नो गरिमा बिर्सेर बिगतका निमित्त हाकिमको जस्तै रवैया अपनाएका छन् ।
उनी नियमित कटहरिया नगरपालिकामा उपस्थित नभएर बाहिरै बसेर चेक समेत काट्ने गरेको आरोप लागेको छ । त्यतिमात्र नभई मेयरकै ईशारामा कार्यालय बाहिर बसेर लेखिएको निर्णय पुस्तिका जनप्रतिनिधिको घर परमा घुमाएर हस्ताक्षर गराईरहेको जनप्रतिनिधिहरुले आरोप लगाए । यस अघि मेयर जयसवाल कटहरियाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा नगरका कनिष्ट कर्मचारी लाई ल्याउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निकै प्रयास गरेका थिए । तर बिगतका निमित हाकिमको गतिबिधिलाई मूल्याङ्कन गर्दै सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले २ महिना अघि कटहरियाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शाखा अधिकृत रामजी जोशीलाई दिएर पठाएका थिए ।
शाखा अधिकृत जोशी प्रमुख प्रशासकीय अधिकृतको रूपमा कटहरिया नगरपालिकामा राम्रो काम गर्छ भनेर सम्पूर्ण जनप्रतिनिधि देखि मन्त्री गुप्ताले समेत आशा गरेका थिए । तर अधिकृत जोशी आएदेखि नै पुरानै परम्परा चल्ने निमित हाकिमको जस्तै गतिबिधि गरिरहेका छन् । दुई महिनामा लगातार ५ दिन पनि कार्यालयमा उपस्थित हुनसकेका छैनन् । गरुडा बिर्ता चन्द्रनिगापुरबाट कार्यालय को काम गर्ने गरेको तथा चेक काटिरहेको कटहरिया ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले बताए ।
कार्यालयमा जाँदा भेट नहुने फोन गर्दा रिसिभ नगर्ने र मेयरले भने जस्तै अधिकृत जोशीले बाहिरै बसेर चेक काट्ने गरेको अध्यक्ष गुप्ताले दाबी गरेका छन् । त्यसैगरी मेयर संग मिलेर अधिकृत जोशीले अन्य जनप्रतिनिधिको आँखामा छारो हाल्ने प्रयास गरिरहेको वडा ४ का अध्यक्ष चन्दन कुशवाहाले आरोप लगाए ।
कटहरियामा हाकिमको रुपमा जोशी आए देखिनै पटकपटक रेडबुक अर्थात यस बर्षको योजना पुस्तिका देखाउन माग गरिरहेको छु तर पाउन सकेको छैन । उनी अनेक बहाना बनाएर रेडबुक देखाउन आलटाल गर्दैआएकाले यस बर्ष पनि बिगत बर्षकै जस्तो योजना बनाएर मेयर र अधिकृत मिलेर करोडौं रकम खाने दाउमा रहेको वडा अध्यक्ष कुशवाहाले दाबी गरे ।
त्यस्तै अधिकृत जोशी ले एक मीडिया कम्पनीको नाउँमा नगरपालिका बाट ९ लाख रुपैयाँ भुक्तानि दिएर कमिसनमा ३ वटा आइफोन लिएको व्यापक चर्चा पाएको छ । जिल्लाको अधिकांश पत्रकार तथा मिडीया संग जोडिएको मानिसले जोशीले कमिसनमा लिएको आइफोनको चर्चा चलेका छन् ।
मेयर र अधिकृतको यस क्रियाकलाप बिरुद्ध कटहरियाका वडा अध्यक्षहरु एकजुट हुँदैछन् । अबको संघर्ष निर्णायक हुने उनीहरूले चेतावनी समेत दिए । यस सम्बन्धी मेयर अजय प्रकाश जयसवालको मोवाइलमा फोन गर्दा सम्पर्क हुने सकेनन् र प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीको मोवाइलको स्वीच अफ रहदा सम्पर्क हुन सकेनन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन