राधेश्याम कुशवाहा
सर्लाही, १० मंसिर । एउटा उद्योग भएका क्षेत्रमा अर्का उद्योगको खरिद केन्द्र (उखु काँटा) स्थापना नगर्न सर्लाहीका तिन पालिका प्रमुखले उद्योगपति र उखु किसानहरुलाई ध्यानाकर्षण गराएका छन् ।
गौडैता नगरपालिकाको मेयर देबेन्द्र यादव, बलरा नगरपालिकाको मेयर रामाशंकर कुशवाहा र रामनगर गाउँपालिकाको अध्यक्ष राजाबाबु यादवको संयुक्त रुपमा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा चिनी उत्पादन गर्ने उद्योगपति र उखु उत्पादन गर्ने उखु किसानहरुको समस्यालाई पहिचान गर्दै एक अर्काका क्षेत्रमा उखु खरिद गर्न विचौलियाको माध्यमबाट (उखु काँटा) केन्द्र खडा गराएर किसान र उद्योग दुबैलाई हानी नोक्सानी भईरहदा त्यस्ता कार्यहरु नगर्न अपिल गरेका हुन् ।
यस्तै परिपाटीका कारण उद्योगको क्षमता अनुसारको कच्चा पदार्थ उखु नपाएर समय अगाबै बन्द हुनुपर्ने, घाटामा जानुपर्ने, किसानलाई भुक्तानी दिन नसक्ने लगायतका प्राविधिक समस्यालाई दृष्टिगत गर्दै तिनै पालिका प्रमुखद्धारा संयुक्त रुपमा हस्ताक्षर गरेर उद्योगपति र उखु किसानलाई गम्भीर बन्न आग्रह गरेको बताइएको छ ।
गोडैता नगरपालिकाको मेयर देबेन्द्र यादवले किसान र उद्योगको वृहत्तर हित र संरक्षणको लागि उखु खरिद विकmीमा अहिले अस्वस्थ्य प्रतिष्पर्धा भइरहेको पाइएका छन् । एक अर्काको एरिया क्षेत्रमा गएर खरिद केन्द्र खडा गरी प्रति क्यून्टल किसानलाई ४० रुपैया (सेन्टर मूल्य लोडिंग) को नाममा विचौलियाहरुले लिदै आएकोमा त्यस तर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भई यस प्रकारका अपिल जारी गर्नुपरेको जिकिर गरे ।
किसानलाई प्रति क्यून्टल ४० रुपैया घाटा हुने, उद्योगको नाममा विचौलियाहरुले काँटा संचालन गरी आफनो व्यत्तिगत नाममा उखु तौल गराई सरकारबाट प्राप्त हुने अनुदानको रकम किसान समक्ष नगई विचौलियाको खल्तीमा गईरहदा त्यसमाथि गम्भीर बन्न उनले उखु किसान संग आग्रह गरे ।
मेयर यादवले बिचौलियाहरु मोटाउने उखु किसानहरु ऋणमा डुब्ने अवस्थाबाट मुक्त गराउने हाम्रो एक मात्र अभियान रहेको हुँदा २५ देखि ३० प्रतिशत किसानको अनुदान रकम शोषण हुने गरेको हुँदा आफनो एरियामा स्थापित उद्योगलाई कच्च पदार्थ पुरा नभई उद्योगहरु मर्कामा पर्ने, साथै घाटामा जाँदा किसानलाई मुक्तानीको समस्या रहीरहने भएको अवस्थामा किसान र उद्योग दुबैको भविष्यको ग्यारेन्टी हुने ढंगबाट यस मिल्स एरिया भित्र अन्य मिल्सको काँदा वा खरिद केन्द्र नराख्न हुन सबै उद्योगपतिहरुको मेयर यादवले ध्यानाकर्षण गराउदै किसानहरु पनि आफनो हक अधिकार प्रति सचेत बन्न आग्रह गरे ।