राधेश्याम कुशवाहा
कुनै समयमा नेपाल कृषिमा निर्भर देशको रुपमा ख्याती पाएका थिए, यहाँका ८१ प्रतिशत कृषिमा निर्भर थिए तर नेपालमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापना भएपछि झन् उक्त क्षेत्रलाई बैज्ञानिकीकरण हुनुमा अहिले यहाँका किसानहरु विऊ र रासायनिक मलका लागि परनिर्भर रहनु परेका छन् ।
तराई मधेशका जिल्लाहरुमा यतिखेर गहुँ र मकैको विऊ लगाउनुपर्ने तथा त्यसमा रासायनिक मलको आवश्यक्ता रहेको भएपनि रौतहट, सर्लाही, महोत्तरी, वारा, पर्सा सहितका जिल्लाका किसानहरु भारतीय विऊ विजन, मल माथि निर्भर रहनु परेको बाध्यता रहेका हुन् ।
भारतीय बिऊ र मलको परनिर्भरमा नेपाली कृषि क्षेत्रमा बर्षेणी आवश्यकक्ता बढदै गएको, यो समस्याको रुपमा खडा हुँदै गइरहेको छ तर हाम्रा नेता एवं राज्य संचालनकर्ताहरु चिल्ला नारा र झुठा आश्वासन दिएर भाषण र कागजमै सिमित रहदा यहाँका कृषि क्षेत्र दीर्घकालीन रुपमा धारासायी बन्दै गएका छन् ।
यतिखेर मधेसमा मकैको रोपाइँ, गहुँ विऊ लगाउन खेत बेर्ना तयारी गर्नुपर्ने किसानलाई चटारो छ तर किसानलाई चाहिने उन्नत जातको मकै, गहँुको विऊ संगै रासायनीक मलखाद्यको चरम अभाव हुँदा भारतीय बजारबाट तस्करीको माध्यमबाट आउने उक्त सामानमाथि निर्भरता रहनुपरेको किसानहरुले गुनासो गरे ।
मकैको पाकेट क्षेत्र मानिएका रौतहट र सर्लाहीमा समेत बिउको चरम अभाव देखिए पछि किसानहरूलाई विऊ छर्नमा समस्या उत्पन्न भइरहेको छ । सरकारले स्वदेशमै हाइब्रीड बिउको उत्पादनलाई प्राथमिकता नदिई आयातमा निर्भर रहदा किसानहरू बर्षेणी बिऊ र मलको अभाव झेल्दै आएको छ ।
मकैको बिउको माग अनुसारको आपूर्ति सरकारले समयमा गर्न नसक्दा किसानहरु दोब्बर मुल्यमा बिउ किन्न बाध्य भएको छ । बिउको चरम अभाव भएपछि स्थानीय स्तरमा बिउको कालोबजारी तथा भारतबाट अवैध रुपमा तस्करीको माध्यमबाट भित्रिने गरिएको नक्कली बिउको समेत बिगबिगी बढेका छन् ।
किसानहरुको अनुसार, बीउ पाउनै छाडेपछि मकैको रोपाई यस पाली ढिलो हुँदै गएको छ । गतबर्ष ३५ सय देखि लिएर ४ हजार मुल्यमा बिक्री भएको मकैको झोला अहिले मकैको बिउको अभावले किसानहरु ६–७ हजारको दरले बीउ किन्नुपरेको गुनासो पोखे । किसानहरुको पीडा सरकारले नबुझेको गुनासो गर्दैैै किसानहरु बिउ पाएपनी नक्कली बीउ पाइरहेको गुनासो गर्दै सरकारले किसानहरुको पीडा नबुझेकोमा दुख व्यक्त गरे ।
चन्दन कषि एग्रोभेट पसल गोडैताका संचालक श्यामसुन्दर महतोले भारतीय मकैको बीउ पायोनियर कम्पनीको एक मात्र मुख्य डिलर रहेका विरगञ्जका कृषक बिज भण्डारले एडभान्स बुझाएको र माग गरेको ५० प्रतिशत बीउ समेत आपूर्ति गर्न नसकिएको बताए ।
स्थानीय स्तरमा बिउको चरम अभाव देखिएको बताउदै महतोले मुख्य डिलरको वितरण प्रणाली स्थानीयहरु बुझ्नै नसकिएको तथा बीउ वितरकले माग अनुसारको बीउ नपाएको गुनासो गरे ।
किसानहरूले ब्लैकबाट किन्ने गरेको बीउ नक्कली प्याकिङ तथा चर्को मुल्यमा किनेर रोपाइँ गर्ने गरेको समेत बताए । बजारमा पायोनियर कम्पनीको ३५२२ मकैको बिउको पाउनै छाडेका छन, भने ३३५५ भेटिए पनि अकाशिएको मुल्यमा पाउने गरेको उनको गुनासो रहेको छ । बजारमा नक्कली बिउ बिक्रि हुने गरेपनि आफुले पाकेटको क्युआर कोड स्कानिङ गरेर मात्र बिक्रीवितरण गर्ने गरेको स्पष्ट पारे ।
कृषि ज्ञान केन्द्र मलंगवाका कृषि अधिकृत रामबलम साहले नेपालमा भारतीय बहुप्रतिक्षित कम्पनीबाट आयातित मकैको बीउ स्थानीय किसानहरूले शत प्रतिशत प्रयोग गर्ने गरेको बताए ।
कृषि अधिकृत साहका अनुसार भारतमा गएको बाढी पहिरो तथा विभिन्न प्रकृति प्रकोपले बिउको उत्पादन कम भएर आयात कम हुँदा नेपालमा बिउको अभाव भएको छ । भारतीय बिउप्रति किसानहरुमा आकर्षण र विश्वास छ । त्यसैले सरकारले नेपाली किसानहरुको चाहना अनुसारको उत्पादन हुने मकैको बिउ उत्पादन गर्नुपर्यो उनले भने ।
कृषि तथा पशुपन्क्षी मन्त्रालय अन्तर्गत रहेका नार्कले पनि नेपालमै हाइब्रीड बिउको उत्पादनका लागि पहल गरेपनी पर्याप्त नरहेको उहाँ बताउँछन् । बिउको दीर्घकालीन समस्या समाधानका लागि सरकारले स्वदेशमै सरकारी अथवा निजि स्तरबाट हाइब्रीड बीउ उत्पादन गरेर किसानसम्म पुर्याउनुपर्नेमा कृषि अधिकृत साहले जोड दिए ।