पञ्चबर्षीय गढीमाई मेलाको लागि वारा प्रहरीद्धारा विशेष सुरक्षा योजना सार्वजनिक

0 Shares
वारा, १३ मंसिर । विश्वप्रसिद्ध पञ्चबर्षीय गढीमाई मेला २०८१ लाई सभ्य रुपमा सम्पन्न गराउन लक्ष्यका साथ जिल्ला प्रहरी कार्यालय वाराले विशेष सुरक्षा योजना बनाएर सार्वजनिक गरेका छन् ।
वारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्वर १ वरियापुर स्थित विश्वप्रसिद्ध शक्तिपिठको रुपमा स्थापित रहनु भएकी माता गढीमाईको पञ्चबर्षीय एक महिने मेला सुरु भइसकेको छ सोही क्रममा मेलालाई सभ्य एवं मर्यादित तवरबाट सम्पन्न गराउन वारा प्रहरीले चुस्त दुरुस्त सुरक्षा व्यवस्था बनाउन विशेष सुरक्षा योजना सार्वजनिक गरेका हुन् ।
गढीमाईको मेलालाई सुरक्षित, शान्तिपूर्ण, मर्यादित एवं धार्मिक वातावरणमा सम्पन्न गराउन र व्यवस्थित बनाउन बाराका प्रमुख एसपी महेन्द्र खड्काले हिजो बुधवार आयोजित पत्रकार सम्मेलन मार्फत सुरक्षा रणनीतिहरु सार्वजनिक गरे । गढीमाई मन्दिर परिसरमा जारी मेलाका लागि एक हजार चार सय ६६ सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । मेलामा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन कमान्ड पोस्ट स्थापना, मोबाइल गस्ती टोली, पिकेट र सादा पोसाकका सुरक्षाकर्मीहरूको व्यापक संख्यामा परिचालन गरिने एसपी खड्काले बताए । सुरक्षा निगरानीका लागि मेला क्षेत्रभर चार सय सिसिटिभी क्यामेरा जडान गरिएका पनि उनले जानकारी दिए ।
एसपी खड्काले विशेष टोलीहरू मार्फत स्ट्राइकिङ अपरेसन, आकस्मिक उद्धार, ट्राफिक व्यवस्थापन र भिआइपी÷भिभिआइपी सुरक्षाका छुट्टै व्यवस्थाहरुको प्रबन्ध मिलाइएको बताए । साथै, मेला क्षेत्रका सवारी र पार्किङ व्यवस्थापनलाई सहज बनाउन विभिन्न पार्किङ स्थलहरू तोकिएको र वैकल्पिक मार्गहरूको व्यवस्था गरिएको छ ।
जोखिम र चुनौती
प्रहरीले मेलामा चोरी, पकेटमारी, भीड व्यवस्थापन, महिला हिंसा, सवारी दुर्घटना, र रोगको फैलावट जस्ता सम्भावित चुनौतीहरूलाई ध्यानमा राख्दै सुरक्षा रणनीति तयार पनि पारेको छ । भारत र नेपालबाट पेशेवर अपराधीहरू सक्रिय हुन सक्ने जोखिमलाई समेत मध्यनजर गर्दै सीमा क्षेत्रमा विशेष निगरानी बढाइएको एसपी खड्काले बताए ।
अत्यधिक भीडका कारण आकस्मिक दुर्घटनाहरू रोक्न आकस्मिक उद्धार टोलीहरू तयारी अवस्थामा रहनेछन् । मनोरञ्जन स्थलहरूमा हुन सक्ने जोखिम कम गर्न कडा सुरक्षा उपाय पनि लागु गरिएको उनले बताए ।
प्रविधि र समन्वय
मेलाको सुरक्षामा प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिइएको छ । सिसिटिभी, ड्रोन क्यामेरा र विक्टर प्रणालीको प्रयोग गरी मेला क्षेत्रको निगरानी गरिने उनले जानकारी दिए । साथै, छिमेकी जिल्ला र भारतीय सीमावर्ती सुरक्षा निकायहरूसँग समन्वय गरी सीमा क्षेत्रको सुरक्षा मजबुत पारिएको खड्काले बताए ।
विशेष प्रावधान
मेलाको शान्ति र अनुशासन कायम गर्न मदिरा बिक्रीमा रोक, चन्दा सङ्कलनमा नियन्त्रण, तथा विना अनुमति ड्रोन क्यामेरा प्रयोगमा प्रतिबन्ध लगाइएको छ । बलि दिने स्थानमा फोटो तथा भिडियो खिच्न पूर्णरुपमा निषेध गरिएको छ । मेला वरपर जुवा खेलाउन र कुनै पनि अवाञ्छित गतिविधिमा संलग्न हुनेहरु माथि कडा कारबाही गरिने बताए ।
एसपी खड्काले मेला दर्शनार्थीहरूलाई शान्तिपूर्ण रूपमा मेला मनाउन आग्रह गर्दै गढीमाई मेला नेपालकै ठूलो धार्मिक मेलामध्ये एक भएको उल्लेख गरे । मेलामा लाखौँ श्रद्धालु तथा पर्यटकहरूको उपस्थिति रहने भएकाले सुरक्षा संयन्त्रलाई सुदृढ बनाइएको र मेला सुरक्षित तथा व्यवस्थित हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।