रौतहट, १४ मंसिर । अपराध जगतका प्रख्यात भारतीय गुण्डा नाइके लरेन्स विश्नोइ ग्रुपको नाम लिएर नेपाली व्यवसायीलाई धम्काएर रकम असुली गर्नेलाई प्रहरीले पक्राउ गरेका छन् ।
झापा जिल्ला घर भएका विश्नोइ ग्रुपका सदस्य हरिप्रसाद फुयाँललाई नेपाल भारत सीमा क्षेत्रको पानी ट्याँकीबाट पक्राउ गरेर काठमाडौं ल्याइएको विभिन्न मिडिया रिपोर्टमा उल्लेख गरिएका हुन् ।
भारतीय गुण्डा नाइके लरेन्स विश्नोइ ग्रुपको नाम लिएर नेपाली व्यवसायीलाई पटक पटक धम्कीपूर्ण कल गर्दै थर्काउदै आएपछि पीडित व्यवसायीहरु प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलाई जानकारी गराएपछि प्रहरीले फुयाँललाई पक्राउ गरेर अनुसन्धान कार्य सुरु गरेका छन् ।
फुयाँलले दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे ‘सिध्याइ दिन्छु’ भनेर धम्की दिने गरेका थिए । गुन्डा नाइके विश्नोईको नाम लिएर नेपालका व्यवसायीलाई धम्कीपूर्ण १४१ कल आएको प्रहरीले जनाए ।
भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्कीपूर्ण फोन आइरहेको प्रहरीले जनाएको छ । बैंकर र अन्य व्यवसाय गर्नेहरू मध्येका ६ जनाले आफूलाई धम्कीपूर्ण फोन आइरहेको भन्दै प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी गरेका थिए ।
सीआईबीले गरेको प्रारम्भिक अनुसन्धानमा भारतबाट मात्रै १४१ वटा कल आएको भेटिएको छ । त्यसरी फोन गर्नेहरूले भन्छन्, ‘म लरेन्स ग्याङबाट हुँ, दुर्गा प्रसाईँले हिन्दु धर्म जोगाउन लडेको हुनाले उहाँलाई आर्थिक सहयोग गर्नुस् ।’ सहयोग नगरे व्यापारीको विस्तृत विवरण आफूसँग रहेको भन्दै धम्की दिने गरेका थिए ।
भारत र दुबईबाट समेत नेपाली व्यवसायीहरुलाई आएको र उक्त कल सम्बन्धी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन