रौतहट, १५ मंसिर । नेपालमा पहिलो पटक आज देखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंगलाई ८ विकेटले हराउदै जनकपुर बोल्टले धमाकेदार विजयी सुरुआत गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जनकपुर बोल्टसका क्याप्टेन अनिलकुमार साहले टस जितेर पहिलो ब्याटिंगका लागि विराटनगर किंसलाई आमन्त्रण गरे । विराटनगर किंसको सुरुआत राम्रो हुन सकेनन । विदेशी खेलाडी मार्टिन गप्टील बाहेक अन्य खेलाडी राम्रो प्रदर्शन गर्न नसक्दा १९ ओभरमा अलआउट हुँदै १२७ रन मात्रै बनाउन सके । १२८ रन जितका लागि जनकपुर बोल्ट समक्ष विराटनगरले लक्ष्य प्रस्तुत गरे ।
प्रतिउत्तरमा जनकपुर बोल्टसका पनि सुरुआत राम्रो भएन ओपनरद्धय आरिफ शेख र क्याप्टेन अनिलकुमार साह दोश्रो ओभरमै १५ रनको स्कोरमा आउट भएर पवेलियन फर्किए र विदेशी खेलाडी लहिरु मिलान्था र क्यानेडियन अलराउण्डर खेलाडी हर्ष ठाकेरले शतकिय साझेदारी गर्दै जनकपुर बोल्टलाई २७ बल अघि ८ विकेटको धमाकेदारी जिताएर पवेलियनमा फर्किए ।
जनकपुर बोल्टसका बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको सानदार अर्धशतकमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरे ।
मिलान्थाको अविजित अर्धशतक मद्दतमा विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट मात्र गुमाएर १३१ रन बनाउँदै पूरा गर्यो ।
मिलान्थाले ५३ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा अविजित ७५ रन बनाए । उनलाई साथ दिएका थाकरले ३३ बलमा २ चौका प्रहार गर्दै अविजित २९ रन बनाए । स्कोर टाई भएको अवस्थामा उनले विजयी चौका प्रहार गरेका थिए ।
विराटनगरका क्रिस सोलले वाइड फालेपछि जनकपुरले पहिलो ओभरको पहिलो बलमै ११ रन जोडेको थियो । तर, सोलले आसिफ शेखलाई बोल्ड गर्दै विराटनगरलाई विकेट दिलाएका थिए ।
कप्तान अनिल कुमार साह पनि व्यक्तिगत ५ रनमा आउट हुँदा जनकपुरले १५ रनमै २ विकेट गुमाएको थियो । प्रतिश जिसीले कप्तान अनिललाई बोल्ड गरेका थिए । तर, त्यसपछि मिलान्था र हर्ष थाकेरले मिलेर इनिङ्स समाले । यो जोडीले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे ।
विराटनगरका क्रिस सोल र प्रतिश जिसीले एक÷एक विकेट लिए ।
पहिलो पटक नेपालमा आएर फ्रेन्चाइज लिग खेलेका गप्टिलले ४३ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । गप्टिल एनपीएलमा पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी बने । उनले नै एनपीएलको पहिलो छक्का पनि प्रहार गरेका थिए ।
त्यसअघि एनपीएलको पहिलो चौका विराटनगरका लोकेश बमले प्रहार गरेका थिए । तर, उनलाई आउट गर्दै जनकपुरका ललित राजवंशी एनपीएलको पहिलो विकेट लिने खेलाडी बने ।
६ रनमै लोकेश बमलाई पहिलो विकेटको रुपमा गुमाएको विराटनगरक लागि गप्टिल र आकिब इल्यासले ४७ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । तर, इल्यास पनि १५ रन बनाएर आउट भए ।
त्यसपछि आएका ब्याटरले गप्टिललाई राम्रो साथ दिन सकेनन् । निकोलस किर्टोन ९, बसिर अहमद ७,राजेश पुलामी मगर १, प्रतिश जिसी २, कप्तान सन्दीप लामिछाने ७, क्रिस सोल ४ र तथा जितेन्द्र मुखिया खाता नखोली आउट भए ।
जनकपुरका लागि नेपाली स्पीनर ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । ललितले पनि ४ ओभरमा २८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए ।
यस्तै क्यानडियन अलराउण्डर हर्ष थाकेरले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । आजको म्यान अफ दि म्याचको पुरस्कार लहिरुले पाए भने उत्कृष्ट क्याच समातेकोमा अनिलकुमार साहलाई २५ हजार नगद पुरस्कार पाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन