एभेन्जर्स माथि जनकपुर बोल्ट्र्सको शानदार जित

0 Shares
रौतहट, २० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विहिवार भएको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले हराउदै जनकपुर बोल्ट्स जितको शिलशिलालाई कायमै राखेका छन् ।
त्रिवि क्रिकेट मैदानमा आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पोखरा एभेन्जर्सलाई पहिला ब्याटिंगका लागि आमन्त्र गरेका थिए । पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १३८ रन बनाएर बोल्ट्स सामु १३९ रनको लक्ष्य राखेको थियो ।
बोल्ट्सको ओपनिंग साझेदारी राम्रो नभएपछि विदेशी खेलाडी जिमी नीशमको अलराउण्ड प्रदर्शनका कारण बोल्टर्सले एभेन्जर्स माथि ७ विकेको जित निकाल्दै विजयी यात्रालाई जारी राखेका हुन् ।
लाहिरु मिलान्थाको ४५ रन तथा नीशमको अविजित ४० रन मद्दतमा १३८ रनको लक्ष्य जनकपुरले १७.१ ओभर खेल्दै १४३ रन बनाएर । नीशमले छक्का लगाउदै आफनो टिमलाई जिताए । मिलान्थाले ३२ बल खेल्दै ८ चौका मद्दतमा सर्वाधिक ४५ रन बनाए । यस्तै नीशमले २० बल खेल्द ५ छक्का मद्दतले  अविजित ४० रन जोडे । आसिफ शेखले ३४ बलमा ३३ रन बनाए । हर्श थाकरले १३ रन ८ बलमा तथा कप्तान अनिल शाह १ रनमा आउट भए ।
पोखराका लागि विपिन खत्री, कुशल भुर्तेल र माइकल लिस्कले समान १ विकेट लिए ।
पोखराका लागि म्याट क्रिटलेले ३० बल खेल्दै ३ चौका र १ छक्का मद्तमा सर्वाधिक ३५ रन बनाए । माइकल लिस्कले २५, आन्द्रेस गौसले २० तथा रेमोन रेइफरले १७ रन जोडे ।
बलिङमा जनकपुरका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा ३१ रन खर्चिए । जिमी नीशमले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । किफायती बलिङ गरेका मोहमम्द मोहसिनले ४ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर १ विकेट लिए । किशोर महतोले पनि १ विकेट लिए । उनले ४ ओभरमा ३२ रन खर्चिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।