गढीमाई मन्दीरमा ओर्लियो लाखौं श्रद्धालु भक्तजनहरु, सुरक्षाको उचित प्रबन्ध मिलाइएकोः महागढीमाईका मेयर उपेन्द्र प्रसाद यादवको दाबी

0 Shares
वरियारपुर (गढीमाई बारा), २१ मंसिर । विश्वप्रसिद्ध पञ्चबर्षीय गढीमाईको मेलामा दिनप्रतिदिन श्रद्धालुभक्तजनहरुको घुइचो बढ्दै गएका छन् ।
प्रत्येक पाँच बर्षमा एक पटक लाग्ने गढीमाईको मेला यसपाली महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं मूल मेला व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्रप्रसाद यादवको अथक प्रयास मेहनेत तथा समितिका सदस्यहरुको साथ सहयोगका कारण मेलामा दैनिक लाखौं श्रद्धालुभक्तजनहरु गढीमाईको मन्दीरमा उपस्थित भई दर्शन गरिरहेका हुन् ।
नेपालमा मात्रै नभई छिमेकी मुलुक भारत सहित विश्वमा प्रसिद्धि प्राप्त रहको वारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्वर १ वरियापुर गाउँमा अवस्थित हिन्दुहरुको शक्तिपिठको रुपमा स्थापित माता काली जगजननीको प्रत्येक पाँच बर्षमा हर्षोल्लासका साथ पुजा एवं मेला लाग्ने गर्दछन् ।
यहाँ आउने श्रद्धालु भक्तजनहरु माता संग पवित्र हृदयले भाँकल माग्ने गरेको उक्त भाकल पुरा भएपछि यहाँ आएर गच्छ अनुसारको फुल प्रसाद, बलिमा राँगा, बोका वा अन्य केही चढाएर माता संग गरिएको वाचा पुरा गर्ने परमपरा रही आउदा प्रत्येक पाँच बर्षमा यहाँ भक्तजनहरुको ठूलो भिडभाड लाग्ने गरेको मेला मुल व्यवस्थापन समितिका अध्यक्ष यादवले तराई टपलाई बताए ।
माता संग भाँकल माग्दा कबोल गरे अनुसारको बली प्रसाद चढाउन आउदा बलिप्रथाको विरोध गर्नेहरु पनि यहाँ कम छैनन् तर माताको अगाडी कसैको कुनै सिप चल्दैनन् र निर्वाध रुपमा आएर यहाँ भाँकल पुरा गर्ने गरेको उनले बताए ।
आज शुक्रवार विहानै देखि साँझ सम्म दशौं लाख मानिसहरु मन्दीरमा अवलोकन गरेको बुझिएको छ । श्रद्धालुभक्तजनहरुलाई असुविधा नहोस भन्दै पंक्तिबद्ध भई माताको दर्शन गर्न ब्यारेकेटिंग गरेर व्यवस्थित बनाइएको छ तथा विशेष पुजा गर्नका लागि पाँच सयको नगदी रसिद लिएर पनि जाने व्यवस्थान मिलाइएको मेला समितिले जनाएका छन् ।
मेलामा भक्तजनहरुलाई आकर्षण गर्न मौतको कुवा, सर्कस, थिएटर, रोटे पिंग, डुंगा पिंग, ट्रेन, रोलर कोष्टर का साथै विभिन्न आकर्षण एवं मनोरञ्जनले भरिपूर्ण रहेको गढीमाई मेलामा होटल, कष्मेटिक, फुल प्रसाद सहितका विभिन्न सामानहरुको पसललाई समेत व्यवस्थित बनाएर मेला लगाइएपनि कहिकतै कमजोरी भएमा सोको समयमै सुझाव दिए सुधारको प्रयास गरिने मेयर यादवले बताए ।
त्यती मात्रै नभई मेलालाई सभ्य एवं भव्य बनाउन व्यापक संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरप्रहरी, स्वंयम सेवकलाई खटाइएको जानकारी दिदै मेयर एवं मेला व्यवस्थापन समिति अध्यक्ष उपेन्द्र प्रसाद यादवले निशुल्क स्वास्थ्य सेवा देखि लिएर विभिन्न आकस्मिक सेवाको लागि पूर्ण रुपमा बन्दोबस्त मिलाइएको उनले स्पष्ट पारे ।
भोली देखि मेलामा भिडभाड अत्याधिक हुने भएको हुँदा सुरक्षित भएर घुम्न एवं दर्शन गर्न आग्रह गर्दै आईतवार पञ्चबली पश्चात राँगा बली सुरु हुने र सोमवार बोका बलि हुने र उक्त कार्यको सम्पूर्ण तयारी पुरा भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।