गढीमाईको दर्शन गरेर फर्किदै गरेका स्कारपियो धनसर जंगलमा दुर्घटना, ७ दलित महिला सहित ८ जनाको मृत्यु

0 Shares
रौतहट, २५ मंसिर । गढीमाईको दर्शन गरेर फर्किदै गरेका स्कारपियो मंगलवार विहान रौतहटमा दुर्घटना हुँदा सात दलित महिला सहित ८ जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाईते भएका छन् ।
पूर्व पश्चिम राजमार्गमा पर्ने रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ४ धनसर पुल नजिकको जंगलमा बा १६ च ३१६२ नम्वरको स्कारपियो आज विहान १.१५ बजेको समयमा दुर्घटना हुँदा सात जना दलित महिला सहित आठ जनाको मृत्यु भएका हुन् ।
बाराको महागढीमाई नगरपालिका १ बरियारपुरमा लागेका विश्व प्रसिद्ध पञ्चबर्षीय गढीमाई मेलाबाट सिरहा तर्फ जाँदै गरेका दर्शनार्थी सवार स्कारपियो अनियन्त्रित भई दुखद दर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर सिरहा जिल्लाको अर्नमा गाउँपालिका वडा नम्वर ३ बंठियाटोलका ६० बर्षिय लरुवती देवी महरा, ३० बर्षिया उर्मिदा महरा, ५० बर्षिया रामकुमारी महरा, ५५ बर्षीइा महगी देवी महरा, ६२ बर्षीया फुलमन्ति देवी चमार, ६० बर्षिया रामकुमारी देवी महरा, ३० बर्षीया सकुन्तला देवी महरा र सोही गापा ५ बलुवाटोलका ४० बर्षीय चालक श्रीकुमार यादवको मृत्यु भएको इलका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।
अर्नमा गाउँपालिका वडा नम्वर बठियाटोलका ३ की ३० वर्षीया राधा राम, उमेश रामका २ वर्षीय छोरा आर्यन, २५ वर्षीया देवकुमारी महरा, उनका ७ वर्षीय छोरा रितिक महरा र अर्नमा–३ कै ६० वर्षीया कन्यादेवी महरा गम्भीर घाइते भएको हुँदा उनीहरुको हाइवे ट्रम्मा अस्पताल र वीरगञ्जको बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताए ।
विहानको समयमा हुस्सु लागेको र तिव्र गतिमा गुडिरहेका स्कारपियो अनियन्त्रित भई धन्सारपुल नजिक जंगलमा सडकबाट तल दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ । दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।