अस्ट्रेलियाको मेलबर्नमा ‘मेड इन नेपाल एक्स्पो’ सुरु

0 Shares

अस्ट्रेलियाको मेलबर्नमा शनिबारदेखि ‘मेड इन नेपाल एक्स्पो’ सुरु भएको छ। नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा एक्स्पो सुरु भएको हो।

उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा मारिबिर्नोङ काउन्सिलका मेयर प्रदीप तिवारी, काउन्सिलर मिस सु बोल्टन, ढोरपाटन नगरपालिकाका कार्यवाहक नगरप्रमुख धनबहादुर कायत, गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष तथा उद्यमी शेष घले, उद्यमी जमुना घले लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै मेयर तिवारीले महिला उद्यमी महासंघलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कार्यक्रमका लागि भेन्यू व्यवस्थापनदेखि अन्य आवश्यक सहयोग उपलब्ध गराउने बताउँदै नेपालका उत्पादनहरू उत्कृष्ट रहेको उल्लेख गरे।

काउन्सिलर बोल्टनले पनि अस्ट्रेलियाले नेपाललाई माया गर्ने र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई सघाउने बताइन्।

उद्यमी शेष घलेले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा कसरी लैजान सकिन्छ भन्नेबारे जोड दिए। उनले अस्ट्रेलियामा यस्ता प्रदर्शनीहरूको आयोजनालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए।

महिला उद्यमी महासंघका अध्यक्ष ज्ञवालीले महासंघको पहिलो अन्तर्राष्ट्रिय सहआयोजनाका रूपमा यस एक्स्पोले ऐतिहासिक महत्व राख्ने बताइन्। उनले नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउन कला, शिक्षा र संस्कृतिलाई माध्यम बनाउनुपर्नेमा जोड दिइन्।

एक्स्पोमा नेपाली उद्यमीहरूले उत्पादन गरेका हस्तकला, कृषि, कपडा, रेसाजन्य वस्तु, शिक्षा, पर्यटन, खाद्य सामग्री तथा सांस्कृतिक उत्पादनहरूको प्रवर्द्धन, प्रदर्शन र बिक्रीका लागि राखिएको छ। एक्स्पो आइतबारसम्म चल्नेछ।

नेपाली उत्पादन र संस्कृतिलाई विश्वसामु पुर्‍याउने यस पहललाई महिला उद्यमी महासंघ नेपाल र नेप्को इन्टरटेनमेन्टले सहकार्यमा सम्पन्न गरिरहेका छन्।

साभारः नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।