एके सिंह
रामनगर (सर्लाही), २ पुस । किसानहरुको विभिन्न समस्यालाई लिएर सर्लाहीको रामनगर गाउँपालिका वडा नम्वर ४ हनुमान चौकमा मंगलवार किसान भेला सम्पन्न भएका छन् ।
सर्लाहीको विभिन्न चिनी मिल्सहरुमा उखु किसानहरुको पुरानो बक्यौता रकम भुक्तानी, विऊ विजनको चरम अभाव, रासायनिक मलको अभाव सहितका विभिन्न समस्यालाई समूहगत रुपमा छलफल गरेर समाधान गर्ने हेतु स्वस्फूर्त रुपमा रामनगरको हनुमान चौकमा आज किसान भेला सम्पन्न भएका हुन् ।
किसानहरुको भेलाले पाँच बुंदे निर्णय गरेको बताइएको छ । किसानहरुको भेलाबाट हरिनन्दन प्रसाद राय यादवको संयोजकत्वमा ४१ सदस्यी उखु किसान समिति गठन गरेका छन् ।
गठित समितिले धनकौल, बगदह सहितका चिनी मिल्समा बक्यौता रकमको भुक्तानीको लागि ज्ञापन पत्र बुझाउने, जिल्ला प्रशासन कार्यालय ज्ञापन पत्र बुझाउने, किसानहरुलाई गहुँ खेती गर्न विऊ विजन, रासायनीक मल सहज रुपमा उपलब्ध गराउन सम्बन्धीत निकायको ध्यानाकर्षण गराउने लगायतका निर्णयहरु भएको बताइएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन