रौतहट, २ पुस । किसानहरुको विभिन्न समस्यालाई लिएर अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) केन्द्र रौतहटद्धारा प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार, स्थानीय सरकार र प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) केन्द्र रौतहटका इन्चार्ज एवं केन्द्रीय स्थायी समिति सदस्य रामविनय कुमार यादवको नेतृत्वमा जिल्ला अध्यक्ष भगतनारायण यादव, केन्द्रीय सदस्य हिरा थापा र जिल्ला सचिव नरेन्द्र झा सहितका पदाधिकारीहरुले जिल्ला प्रशासन कार्यालय रौतहटमा मंगलवार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी मार्फत किसानहरुको १८ बुंदे माग सहितको ज्ञापन पत्र बुझाएका हुन् ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) केन्द्र रौतहटद्धारा प्रजिअ मार्फत नेपाल सरकार, स्थानीय र प्रदेश सरकारको गम्भीर ध्यानाकषर्ण गराउदै ज्ञापन पत्रमा भनिएको कृषि प्रधान देश नेपालको आर्थिक विकासमा कृषकको सर्वाधिक योगदान रहेको र देशको आर्थिक सामाजिक शान्ति सुव्यवस्था समेतमा किसानको सहभागिता भएपनि किसानको उचित मूल्याँकन हुन नसकेको अवस्थामा कृषक पेशालाई मर्यादित एवं विकासमुलक बनाई देशकाो सर्वागिण विकासलाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।
तर खेतीकिसानी गर्ने किसानहरुलाई पेशाबाट उठिवास बनाउने, अपहेलित बनाउने, तिरष्कार भईरहेको अवस्थामा पेशाबाट पलायनन हुनबाट रोक्न सम्बध निकायको ध्यानाकर्षण गराउने हेतु प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउन बाध्य भएका छौं जिल्ला इन्चार्ज रामविनय यादवले बताए ।
स्थानीय स्तरमा सरल तथा शुलभ दररेटमा कृषि मलको नियमित आपूर्ती व्यवस्था मिलाउनुपर्ने, कृषि सामग्री संस्थान÷साल्टट्रेडिंग कर्पोरेशन तथा स्थानीय सरकारको समन्वयमा उचित दरमा कृषि मलको विक्री वितरण गर्नुपर्ने, स्थानीय डिलर तथा स्थानीय तहमा किसानलाई शुलभ ढंगबाट मलको आपूर्ती नभई त्यही मल स्थानीय पसलमा प्रति बोरा ३५०० मा विक्री गर्ने विचौलिया वा दोषि संघ संस्थाको अनुमति खारे गर्नुपर्ने, अनुदानमा हुने चलखेल भ्रष्टाचारको अन्त्य गर्नुपर्ने, किसानको बालीमा, बदेल, हात्ती निलगाई घोडसमया आदी बन्य जन्तुबाट हुने क्षतिको नियन्त्रण गर्नुपर्ने लगायतका १८ बुंदे माग राखेर ज्ञापन पत्र बुझाइएको छन् ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) केन्द्र रौतहटले बुझाएको ज्ञापन पत्र सम्बन्धमा जिम्मेवार निकायद्धारा सम्बोधन गरेर यथाशिघ्र मागहरु पुरा गरिएन भने किसानहरु चरणबद्ध आन्दोलनमा होमिन बाध्य हुने जिल्ला अध्यक्ष भगतनारायण यादवले दिए ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) केन्द्र रौतहटद्धारा ज्ञापन पत्र बुझाइएको स्वीकादै मेरो स्तरबाट किसानहरुको समस्या समाधान हुनेलाई उचित रुपमा व्यवस्थापन गर्ने बताए । अन्य माग सम्बन्धमा स्थानीय, प्रदेश र केन्द्रीय सरकार समक्ष ज्ञापन पत्रलाई पठाउने आश्वासन दिए ।