बेटीरोटीको सम्बन्धलाई प्रभावित नपार्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन

0 Shares
रौतहट, २ पुस । नेपाल भारतको सीमावर्ती क्षेत्रमा बासिन्दाहरु चार पाङ्गे सवारी साधन लिएर सहज रुपमा नेपाल भारत तर्फ आवत–जावत गर्न भन्दै इशनाथ नगरपालिकाद्धारा मंगलवार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
इशनाथ नगरपालिकाको नगरप्रमुख कौशल्या देवी, उपप्रमुख मोहम्मद प्रवेज, वडाध्यक्षहरु तमजुल खाँ, धर्मेन्द्र साह, शत्रुघन सिंह, शेख अब्दुल खालिक र जवाहिरलाल साहले लेटरप्याडमै हस्ताक्षर गरेर आज जिल्ला प्रशासन कार्यालय गौर रौतहटमा उपस्थित भई प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
प्रजिअलाई बुझाइएको ज्ञापन पत्रमा इशनाथ नगरपालिका वडा नम्वर १ बन्जरहा, २ औरैया र ४ लतमरी टोल नजिक रहेका नेपाल भारत सीमाबाट चार पाङ्गे सवारी साधन विगतमा आवत–जावत हुने गरेको भएपनि पछिल्लो केही समय देखि उक्त सीमाहरुबाट चार पाङ्गे सवारी साधन आवत–जावत गर्न बन्द भएपछि दुबै देशका नागरिक बीचको पारिवारिक सम्बन्ध प्रभावित भएको प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउदछौं ।
नेपाल भारतको खुला सिमाना भएकोमा दुबै देशका जनताहरु बीच पारिवारिक सम्बन्ध, आपसी भाइचारा, सदभाव कायम रहोस र दुबै देशका नागरिक बीचको रोटीबेटीको सम्बन्ध माथि कुनै खलल नपुगोस भन्दै प्रजिअको ध्यान जान जरुरी रहेको भनेर ज्ञापन पत्र बुझाइएको नगरप्रमुख कौशल्या देवीले बताइन ।
सदियौं देखि रहिआएको दुबै देश बीच बेटीरोटीको सम्बन्ध प्रभावित बनाउने कार्यलाई निरुत्साहित गरी कडाईका साथ चेकजाँच गरेर मात्रै आवत–जावत गर्न दिन हुनुका साथै सो क्षेत्रमा खडा गरिएका बाधा व्यवधानलाई समाप्त पारेर नागरिकको प्रशासन प्रतिको विश्वास कायम गराउन जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित निकाय संग समन्वय तथा समाधानको लागि नै आजको ज्ञापन पत्र बुझाएको नगरप्रमुख कौशल्याले बताइन् ।
यसअघि आज इशनाथ नगरपालिकाको पूर्व नगरप्रमुख सन्तोष मेहताले पनि सोही नाकाबाट चार पाङ्गे सवारीसाधन आवत–जावत गर्न रोक लगाइएकोमा प्रजिअ रेग्मीलाई ज्ञापन पत्र बुझाइएका थिए ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सीमावर्ती नागरिकको स्थानीय समस्या भएपनि कानुनी रुपमा समाधान हुने भएको हुँदा गृह मन्त्रालयमा समस्यालाई अवगत गराइएको त्यहाँबाट नै समाधानको प्रयास हुने उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।