1066
Shares
काठमाडौं : समाजवादी पार्टी नेपालका सांसद एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउनेहरू सांसद महेश बस्नेत, पूर्व आईजीपी सर्वेन्द्र खनाल लगायतलाई कारबाही गर्ने एजेन्डा प्रधानमन्त्री केपी शर्मा ओलीको टेबुलमा पुगेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवार अपराह्न बालुवाटारमा ओलीलाई भेटेर अपहरण काण्डको निष्पक्ष अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रवारै जारी गरेको प्रेस नोटमा देउवाको भनाइ उद्धृत गर्दै भनिएको छ, ‘एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कारवाही गर्नुपर्ने माग देशभरि उठेको छ । मेरो माग यही छ । देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारवाही हुनुपर्छ ।’
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन