प्रअ गर्भुका कारण विद्यालयको अफिस कोठामा थुनिए शिक्षकहरु

0 Shares
सर्लाही, ३ पुस । सर्लाहीको गोडैता नगरपालिका जयपुर गाउँ स्थित श्री आधारभुत विद्यालयका प्रधानाध्यापक सहित शिक्षकहरुको कार्यशैली विरुद्ध आक्रोशित बनेका स्थानीयहरुले बुधवार अफिस कोठामा शिक्षकलाई थुनेर ढोकामा ताल्चा लगाइदिएका छन् ।
गोडैता नगरपालिका वडा नम्वर २ जयपुर गाउँमा रहेका श्रीआधारभुत विद्यालयका प्रधानाध्यापक गर्भु महतोले विद्यालय व्यवस्थापन समिति गठन नगरी आफूखुशी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि आएको सुविधाहरु लक्ष्ति समक्ष पुग्न नदिई हिनामिना गरेको आरोप लगाउदै स्थानीयहरु आज विहानै १० बजेको समयमा विद्यालयमा उपस्थित भएका शिक्षकहरुलाई अफिस कोठामा थुनेर बाहिरबाट ताल्चा लगाइदिएका हुन् ।
आज विद्यालयमा वितरण गर्न विभिन्न संघसंस्थाको प्रतिनिधिहरु आएपनि लक्ष्ति विद्यार्थीहरुलाई वितरण नगरी शिक्षकहरुले नै राखेपछि स्थानीयहरुले उक्त सामानहरु खोसेर प्रअ महतोलाई विद्यालयमा आउन निकै फोन गरे । प्रअ विद्यालयमा उपस्थित नभएपछि बाध्य भएर शिक्षकहरुलाई नै अफिस कोठामा थुनेको हाम्रो संवाददाताले जनाएको छ । छात्रवृति देखि लिएर दिवाखाजा सहित विभिन्न सुविधा वापत आएका रकम विद्यालय व्यवस्थापन समितिका पुरानो सदस्यहरुको साँठगाँठमा वितरण नगरी हिनामिना गरेको, हरहिसाव माग्दा आनाकानी गर्दै आएपछि आज स्थानीय अभिभावकहरु आक्रोशित बनेर शिक्षकलाई थुनेर अफिस कोठामा बाहिरबाट ताल्चा लगाइदिपछि तत्कालै सो वडाका वडाध्यक्ष अजय साह विद्यालयमा उपस्थित भएर समस्या समाधानको प्रयास गरे ।
वडाध्यक्ष साहले प्रयास गर्दा समेत प्रधानाध्यापक महतो विद्यालयमा नआउदा समस्या जस कि तस बनेका छन्, शिक्षकहरु अफिस कोठामै थुनाइएको अवस्था रहेपनि समस्या समाधानको लागि आक्रोशित बनेका स्थानीयहरु संग वडाध्यक्ष साहले आवश्यक पहल गरिरहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।