0
Shares
रौतहट, ३ मंसिर । १८ डिसेम्बर अर्थात अन्तराष्ट्रिय आप्रवासी दिवस रौतहटमा भव्यताका साथ दिपावली गरेर मनाइएका छन् ।
रौतहट सदरमुकाम गौरमा आप्रवासी दिवस मनाउन रयाली निकालियो । उक्त रयालीमा दुर्गा भगवतीका उपाध्यक्ष शिला देवी र चन्द्रपुर नगरपालिकाको उपप्रमुखको प्रमुख उपस्थितिमा गौर नगरमा उपस्थिति भई अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइएका हुन् ।
रयाली पश्चात गौरको वीपी चोकमा उपस्थित भई सामुहिक रुपमा दिप प्रज्जवलन गरेर आजको दिनलाई सम्झिएको बताइएको छ ।
संयुक्त राष्ट्रसङ्घले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षण सम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभरी अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउने गरिन्छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन