0
Shares
रौतहट, ४ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) क्वालिफायर टु मा कर्णाली याक्सलाई २ विकेटले हराउदै जनकपुर बोल्ट्स फाइनलमा प्रवेश गरेका छन् ।
टियु क्रिकेट ग्राउण्डमा बोल्टसले टस जितेर याक्सलाई ब्याटिंगका लागि आमन्त्रण गरे । याक्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ११८ रन मात्रै बनाउन सके । ११९ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएका बोल्ट्सका जिमी निशम बाहेक अन्य ब्याटर राम्ररी चल्न नसक्दा जेनतेन २ विकेटले याक्सलाई हराएका हुन् ।
जिमीले १७ बलमा दुई चौका ५ छक्काको मद्दतमा ४५ रन बनाए, हर्ष ठाकुर १७ रन, मयन यादव १५ र आकाश त्रिपाठीले १३ बनाएर जनकपुरलाई फाइनलमा पुर्याउनमा मद्दत पुर्याए ।
आउदो शनिवार एनपीएलको पहिलो फाइनल खेल सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस विच हुने छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन