गरुडामा हिरोको दुई नयाँ मोडल सहितका शो रुमको अनावरण गरेः नगरप्रमुख कन्थमुनी जयसवाल

0 Shares
गरुडा (रौतहट), ४ पुस । हिरो मोटरसाइकल कम्पनीले दुई वटा नयाँ मोडेलमा मोटरसाइकल विहिवार सार्वजनिक गरेका छन् ।
नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरका आधिकारिक वितरक सिजि मोटर्स कम्पनीले आधिकारिकता दिए संगै रौतहटको गरुडा स्थित साह ब्रोदरर्स ट्रेडिङ्ग कन्सर्नले शो रुममा दुई नयाँ मोडेललाई अनावरण गर्दै सार्वजनिक गरिएका हुन् ।
अनावरण विशेष कार्यक्रमका प्रमुख अतिथि गरुडा नगरपालिकाको नगरप्रमुख कन्थमनी प्रसाद जयसवालले एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरलाई अनावरण गर्दै विश्वकै ठूलो मोटरसाइकल र स्कुटर निर्माता हिरो मोटोकर्पले दुई नयाँ मोटरसाइकललाई अनावरण गरिरदा आफू निकै गौरवान्वित भएको छु ।
नगरप्रमुख जैसवालले मोटरसाइकल अहिलेको जीवनशैलीको अति अत्यावश्यक सवारी साधन मध्येका सधन भएको छ । यसको महत्व बढ्दै गएको समयको परिवर्तन संग सबै क्षेत्रमा विकास भएर अघि बढिरहेका परिवेश संगै हातेमालो गरेर अघि बढेमा मात्रै हाम्रा समाज परिवर्तन हुने जिकिर गरे ।
मानिसको दैनिक जीवनको अभिन्न अंगको रूपमा व्याख्या गर्दै उनले भने, “मानिसको पाँच ज्ञानेन्द्रिय मध्ये कुनै एकमा समस्या आउँदा जस्तै कठिनाइ उत्पन्न हुन्छ, त्यसैगरी आजको जीवनमा मोटरसाइकल पनि नभई नहुने आवश्यकता मध्येको बस्तु भएको बताए ।
यस भेगका मानिसहरुलाई यसभन्दा अघि मोटरसाईकल किन्न बिरंगज, गौर र जनकपुर सम्म जानु पर्ने भएको थियो तर उक्त समस्याको झन्झट खत्म हुने भएको बताए । अव समय र पैसाको बचत हुने र आफ्नै ठाउँमा किनने भएको र स्थानीयले पनि रोजगारी सुरु गरेको हुँदा व्यापार पनि यहाँको फस्टाउदै गएको बताए ।
उक्त शोरुमका प्रोप्राइटर श्रीराम साहले हिरो कम्पनीले नेपाली बजारमा १५ वटा मोडलका मोटरसाइकल र स्कुटरहरू उपलब्ध गराएको जानकारी दिए । यस अवसरमा ग्राहकहरूका लागि विशेष अफर समेत ल्याइएको साहले जानकारी गराए । हीरो मोटोकर्पले एक्स्ट्रिम रेंज मार्फत नेपालका आधुनिक राइडरहरूको परिस्कृत माग तथा आवश्यकताहरू पूरा गर्दै शक्तिशाली, आकर्षक र उत्कृष्ट प्रदर्शन आधारित मोटरसाइकलको चाहना पुरा गर्ने उद्देश्य रहेको छ ।
एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हीरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउनेमा कम्पनी विश्वस्त रहेको जानकारी दिए ।
सिजि मोटर्सको एयसएम बिकास कुमारले एक्स्ट्रिम १६० आर फोरभीले १६० सीसी सेगमेन्टलाई नयाँ उचाइमा पुर्याउँदै १६३ सीसी ४ भल्भबीएस–भीआई इन्जिन प्रदान गर्दछ । यसले ८ हजार ५०० आरपीएममा १६.९ पीएस पावर र ६ हजार ५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्ने बताए ।
यो मोटरसाइकलले ०–६०  कि.मी.÷घण्टामात्र ४.४१ सेकेन्डमा पुग्ने नयाँ स्तर निर्धारण पनि गरिएको उनले भने । उच्च गतिका लागि असाधारण क्षमता र उत्कृष्ट प्रदर्शनका साथ, यो आफ्नो श्रेणीकै सबै भन्दा तिब्र गतिको मोटरसाइकल रहेको स्पष्ट पारे ।
यसलाई अझ उच्च स्तरको बनाउन, ३७ एमएम केवाईबी इनभर्टेड फ्रन्ट फोर्क र ७–स्टेप एडजस्टेबल रियर सस्पेन्शनले ह्यान्डलिङमा सहजता र स्थिरता प्रदान गर्ने बताए । केवल १४५ किलो तौल भएको मोटरसाइकल सजिलै मोड्न र चलाउन सुविधा मिल्ने छ ।
यसमा उपलब्ध गरिएको पेटल डिस्क ब्रेकले शहरी सडक र राजमार्गहरूमा समेत कर्नरिङमा सहजता प्रदान गर्ने छ । मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकहरूको लागि शोरुमले बिक्री पछि सेवा, पार्ट्स उपलब्धता तथा प्राविधिक सहयोगमा पनि उत्कृष्ट सेवा दिने उद्देश्य लिएर गरुडामा शो रुममा अनावरण गरियो ।
कार्यक्रममा समाजसेवी लक्ष्मण साह, छठु साह, युवा नेता तथा समाजसेवी शैलेस जैसवाल, श्याम सहनी उर्फ चन्द्रनाशु लगायत संचारकर्मिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।