जनकपुर बोल्टसको एतिहासिक जित, पहिलो एनपीएल माथि बोल्टको कब्जा, मधेश प्रदेशमा दिपावली मनाउदै

0 Shares
रौतहट, ६ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो उपाधीमाथि मधेश प्रदेशबाट प्रतिनिधित्व गरिरहेका जनकपुर बोल्ट्सले एतिहासिक कब्जा जमाउन सफल भएका छन् ।
सुदूरपश्चिम रोयल्सलाई ४ बल अगाबै ५ विकेटबाट हराउदै जनकपुरले कहिल्यै नमेट्ने गरी एनपीएलको इतिहासमा नाम दर्ज गराई मधेशको शानलाई बढाएका हुन् ।
पहिलो एनपीएलको प्रबल दाबेदार मानिएका सुदूरपश्चिम रोयल्सले टियु अन्तरराष्ट्रिय खेल मैदानमा टस जितेर पहलो ब्याटिंग रोजे । नाम अनुसारको प्रदर्शन पनि गरेर देखाए तर पुछल्ला ब्याटरको कमसल प्रदर्शनले गर्दा कुनै समयमा दुई सय वा सो भन्दा बढि टार्गेट सेट गर्न देखिएपनि २० ओभरमा ९ विकेट गुमाउदै १८४ रन बनाएर जनकपुर बोल्ट्स सामु १८५ को टार्गेट राखे ।
विशाल रन देखेर हौसला नगुमाई जनकपुर बोल्ट्सका ओपनरद्धय क्याप्टेन आशिफ शेख र विदेशी खेलाडी लहेरु सिमन्थाले आक्रमक सुरुआत गर्दै पावरप्लेको ६ ओभरमै ७१ रन बनाएर टिमलाई जिताउने महत्वपूर्ण आधारशिला खडा गरे । हुनत सातौं ओभरमा क्याप्टेन आशिफको विकेट खसेपनि रन रेटलाई जनकपुरका ब्याटरले कम गरेनन् । क्यानेडियन खेलाडी हर्ष ठाकर एकतर्फ क्रिचमा टिकिरहे जसको नतिजा मयन यादवले १९.२ ओभरको बलमा २ रन लिएर जनकपुरलाई एतिहासिक जित गराई आफनो परचम लगाए ।
हजारौं हजार दर्शकले खचाखच भरिएका रंगशालामा जनकपुर बोल्टसको प्रदर्शनले सबैको हृदयलाई जितेर सुदूरपश्चिम रोयल्सले उपविजेतामै चित्त बुझाए ।
एनपीएलका उपाधी पूर्व प्रधानमन्त्रीद्धय शेरबहादुर देउवा र पुष्पकमल दहाहल (प्रचण्ड) ले जनकपुर बोल्ट्सका क्यनाप्टन आरिफ शेख र चोटग्रस्त रहेका अनिलकुमार साहले मिलेर उचाले । बोल्टसले उपाधी उचालिरहदा खेलाडी एवं दर्शकहरु हर्षले विभोर बन्दै एतिहासिक क्षणका साक्षी बनिरहेको दृष्य देखिन्थ्यो ।
संसारकै सर्वोच्च सगरमाथा शिखर नजिकै रहेको कालापत्थरको ढुंगा राखेर बनाइएको एनपीएल ट्रफीमा महत्वपूर्ण नेपाली शहरको नाम खुलेको जनकपुर बोल्ट्सले स्वामित्व दाबी गर्नु आफैंमा रोचक संयोग बन्न पुगेको छ ।
ट्रफीलाई केवल खेलको हारजित सँग मात्र जोड्ने नभइ हिमाल संरक्षणको सन्देश दिन पनि सर्वोच्च स्थानको ढुंगा जडान गरिएको उनको नेपाल क्रिकेट संघका सचिव पारस खड्काले बताए ।
कसले कुन अवाड पाए 
एनपीएलको प्लेयर अफ दि टुर्नामेण्ट सुदूरपश्चिम रोएल्सका सेफ अली जैबले पाए उनलाई पाँच लाख र ट्रफी पाए । सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिमकै दीपेन्द्रसिंह ऐरीलाई ओमोडा ईभी कार पुरस्कार पाए । एनपीएलको सर्वोत्कृष्ट बलर ललित राजवंशी घोषित भए । उनले मोटरसाइकल पुरस्कार प्राप्त गरे ।
त्यस्तै, कर्णाली याक्सका बिपिन प्रसाद शर्माले इमर्जिङ प्लेयरको उपाधि पाए  । उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाउन सफल भए । इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट जनकपुरका जिमी नीशम घोषित भए र उनले २ लाख रूपैयाँ प्राप्त गरे ।
धेरै चौकाको अवार्ड लाहिरु मिलान्थाले पाए भने फेयर प्ले अवार्ड लुम्बिनी लायन्स टिमले प्राप्त गरेको जनाइएको छ ।
मधेश प्रदेशमा उत्सवको रुपमा मनाइदै
नेपाल प्रिमियर लिग (एनपीएल) फाइनल जनकपुर बोल्टसले एतिहाँसिक जित दर्ज गराएको समर्थनमा रौतहट जिल्लाको विभिन्न स्थानमा बाजागाँजा सहित जुलुश निकाल्नुका साथै विभिन्न स्थानहरुमा दिप प्रज्वलन गरेर दिपावली मनाइरहेका छन् । गौर, चन्द्रपुर, गरुडा, दुर्गाभगवतीको पिपरा बजार सहित जिल्लाका विभिन्न स्थानहरुमा खुशीआली मनाइएको छ । मधेश प्रदेशका जुनसकुै समुदायका नागरिकहरुले आज दिपावली झै मनाएर एतिहाँसिक जितलाई सेलेब्रेट गरिरहेका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलको केही रोचक दृष्य तराई टपको क्यामरामा कैद भएका तस्वीरहरु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।