नश्लीय विभेदको शिकार बनेका अमनलाई बलरा नगरपालिकाद्धारा ५० हजार सहयोगको घोषणा

0 Shares
सर्लाही, ८ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) फाइनल म्याचमा जनकपुर बोल्टसको जितलाई खुशीयाली मनाइरहेकाहरु माथि अराजक भई नश्लीय विभेदको शिकार बनेका अमनकुमार सिंहलाई बलरा नगरपालिकाले ५० हजार आर्थिक सहयोग गरेका छन् ।
बलरा नगरपालिका वडा नम्वर १० सुदामा निवासी अनिलकुमार सिंहको छोरा जुन अहिले काठमाडौ स्थित दरवार हाइ स्कुलमा कक्षा १२ मा अध्ययनरत अमनकुमार सिंह माथि गएका शनिवार भएका साँघातिक आक्रमणमा परेर गम्भीर घाईते हुँदा बला नगरपालिकाको गम्भीर ध्यानाकर्षण भई छात्र सिंहलाई नगरपालिकाबाट आर्थिक सहयोग गर्ने घोषणा गरिएका हुन् ।
बलरा नगरपालिकाको नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहाले एनपीएलमा नेपालकै ८ वटा टिम रहेको भएपनि जनकपुर बोल्टसको जितलाई सहज रुपमा पचाउन नसकेका केही विभेदकारी तत्वहरु अझै पनि एक समुदायलाई होच्याउने र अपमान गरी आक्रमण गर्ने कार्य एकदमै निन्दनिय भएको ठहर गर्दै गम्भीर घाइते सिंहको शिघ्र स्वास्थ्य लाभको कामना गरे ।
उदाउँदो खेलाडी अमन माथि भएको सांघातिक हमलाले खेल, खेलाडी र खेलप्रेमीहरूलार्ई हतोत्साहित बनाएको छ । बलरा नगरपालिका यस घृणित घटनामा संलग्न दोषीलार्ई पहिचान गरेर कडा भन्दा कडा कारवाही गर्न गृह प्रशासन देखि लिएर नेपाल सरकार संग जोडदार माग गरे ।
छात्र सिंहको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनको मनोबल उच्च राख्न र उपचारमा सहयोग पुर्याउन बलरा नगरपालिकाबाट ५० हजार रूपैयाँ सम्मको सहयोग दिने प्रतिबद्धता नगरप्रमुख कुशवाहाले व्यक्त गरे । साथै नगरप्रमुख कुशवाहाले अब आउदो समयमा यस्ता घटना दोहोरिन नदिन नेपाल सरकार सजग हुनुपर्ने समेत सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।