रौतहट, ९ पुस । उपमेयरको अगुवाईमा मंगलवार कटहरिया नगरपालिकाको कार्यालयमा ताला लगाएर कामकाज अबरुद्ध बनाए ।
उपमेयर रिता देवी यादवको अगुवाईमा वडा नम्वर १, २, ४, ५, ६ र ७ नम्वरका वडाध्यक्ष सहितका व्यक्तिहरुले कटहरिया नगरपालिकामा आज दिउसो ३.१५ बजेको समयमा ताला लगाएर कामकाज अवरुद्ध बनाएका हुन् ।
योजना, लेखा, प्रमुख प्रशासकीय अधिकृतको कोठा सहित नगर कार्यपालिकाको मुख्य भवनमा ताला लगाएपछि कामकाज अवरुद्ध भएको बुझिएको छ । उपमेयर सहितको वडाध्यक्षहरुले नगरप्रमुखको मनोमानी शैलीको विरुद्ध बाध्यताबस ताला लगाउनु परेको बताइएको छ ।
यस विषयमा कटहरिया नगरपालिकाको मेयर अजय प्रकाशले उपमेयर सहितका केही वडाध्यक्षहरुले ऐनकानुन विपरित हुने कार्यलाई गर्न दवाव दिदै आएको र उनीहरुले भने अनुसारको काम नगर्दा योजनाबद्ध तवरबाट ताला लगाएर नगरपालिकाको कामकाजमा अवरुद्ध पुर्याएकोमा दुख व्यक्त गरे । असन्तुष्ट पक्ष संग कुरा गरेर नियम संगत हिड्न आफू सधै तयार रहेको स्पष्ट पारे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन