९२ बर्षको उमेरमा पूर्व प्रधानमन्त्री सिंहको निधन

0 Shares
नयाँ दिल्ली, एजेन्सी । भारतको पूर्व प्रधानमन्त्री एवं भारतीय काँग्रेसका वरिष्ठ नेता डा. मनमोहन सिंहको ९२ बर्षको उमेरमा गएराति भारतको नयाँ दिल्ली स्थित एम्स अस्पतालमा अन्तिम सास लिएर यो संसारलाई सधैंको लागि छाडे ।
एम्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गहिरो शोकका साथ, हामी भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको जानकारी गराउँदछौं ।
उनको उमेर सँग विभिन्न रोगका कारण स्वास्थ्य अवस्थाका लागि उपचार भइरहेको थियो र डिसेम्बर २६ मा घरमै अचानक बेहोस भएपछि उनलाई एम्सको सघन कक्षमा भर्ना गरिएको थियो ।
विहिवार बेलुका ८ः०६ बजे नयाँ दिल्लीको एम्समा मेडिकल इमर्जेन्सीमा ल्याइएको थियो । सबै प्रयासका बाबजुद पनि उहाँलाई जीवित राख्न सकिएन र राति ९ः५१ मा मृत घोषित गरिएको जारी मेडिकल बुलेटिनमा भनिएको छ ।
मनमोहन सिंह, एक कुशल अर्थशास्त्री एवं सज्जन राजनीतिज्ञ
डा सिंह राजस्थानको प्रतिनिधित्व गर्दै राज्यसभा सदस्यका रूपमा यसै वर्षको फेब्रुअरीमा अवकाश लिएका थिए । यसअघि उनले सन् १९९१ देखि ६ पटक माथिल्लो सदनमा असमको प्रतिनिधित्व गरेका थिए ।
राज्यसभामा उनको अन्तिम दिनमा प्रशंसा गर्दै, प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई “प्रेरणादायी उदाहरण” भनेका थिए ।
“मनमोहन सिंहले लामो समय सम्म देशलाई मार्ग निर्देशन गरे … जब हाम्रो लोकतन्त्रमा उनको योग्यदान सधै उल्लेख रहिरहनेछ, उहाँ ती थोरै सम्मानित सदस्यहरूमध्ये एक हुनु हुनेछ जसको योगदान सधैं सम्झिनेछ,” प्रधानमन्त्री मोदीले भनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।