रौतहट, १४ पुस । नेपाली प्रिमियर लिग (एनपीएल) को ट्रफी सहित विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई आईतवार रौतहट जिल्लामा भव्य रुपमा स्वागत गरिएका छन् ।
हालै काठमाडौं स्थित टियु क्रिकेट अन्तरराष्ट्रिय रंगशालामा सम्पन्न भएको पहिलो एनपीएलका विजेता टिम जनकपुर बोल्ट्सका म्यानेजमेन्ट पक्षले ट्रफी, खेलाडी सहित मधेश प्रदेशको आठ वटै जिल्लामा जाने कार्यक्रम अनुसार आज विहान रौतहट जिल्लामा आउदा उनीहरुलाई भव्य रुपमा स्वागत गरिएका हुन् ।
रौतहटको चन्द्रपुर, गरुडा र सदरमुकाम गौरमा विजेता टिमका खेलाडीहरुलाई भव्य रुपमा स्वागत गरियो । रौतहट क्रिकेट संघले आह्वान गरे अनुसार बोल्ट्सका खेलाडी, व्यवस्थापन पक्षलाई विभिन्न झाँकी प्रदर्शन गर्दै गौर राइस मिल्समा स्वागत गरियो ।
उक्त अवसरमा स्थानीय विद्यालयका विद्यार्थीहरु, नगरवासीहरु, खेलप्रेमिहरु, संघका पदाधिकारीहरु सहित सयौं नागरिकहरुले उत्साहपूर्वक जुलुशमा सहभागी भई आफनो रोजाईका टिम र खेलाडीलाई भव्य रुपमा स्वागत घरआगनमै गर्दा गौरवान्वित महसुस गरे ।
रौतहट क्रिकेट संघका अध्यक्ष पवनकुमार साहले एनपीएलले क्रिकेट खेलाडीका लागि सुनौलो अवसर प्रदान गरेको त्यसमा पनि पहिलो ट्रफी मधेश प्रदेशबाट प्रतिनिधित्व गरिरहेका जनकपुर बोल्ट्सले जितेपछि यहाँका खेलाडीहरुलाई थप उत्साहित बनाएको बताए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन