एपीएफ र एसएसबीको डिआजी लेभलको बैठक बर्दिवासमा सम्पन्न

0 Shares
रौतहट, १४ पुस । सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रण, सीमा सुरक्षा तथा लागुऔषध रोकथाम गर्ने उद्देश्यबाट सशस्त्र प्रहरी र सीमा सुरक्षा बल (एसएसबी) को डिआजी लेभलको समन्यवय बैठक सम्पन्न भएका छन् ।
महोत्तरी जिल्लाको बर्दिवास स्थित सशस्त्र प्रहरी बल नेपाल नम्वर २ छिन्नमस्ता वाहिनी मुख्यालयमा गत पुस १२ गते सशस्त्र प्रहरी र भारतीको सीमा सुरक्षा बल (एसएसबी) डिआजी लेभलको बैठक सम्पन्न भएको बुझिएका हुन् ।
सम्पन्न समन्वय एवं सहकार्य बैठकमा सीमा सुरक्षा¸ सीमामा हुने अपराध नियन्त्रण तथा रोकथाम लागुऔषध नियन्त्रण¸ सीमामा हुने अपराधिक गतिविधि नियन्त्रण लगायतका विभिन्न महत्वपूर्ण विषयमा छलफल भएको तथा आउदो समयमा सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउदै अघि बढ्न सहयोग पुग्न मद्दत मिलोस भन्ने उद्देश्यका साथ बैठक सौहादपूर्ण वातावरणमा सम्पन्न भएको  नम्वर २ बाहिनीले जनाएको छ ।
सो कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी कालीदास धौवजी तथा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को सेक्टर हेडक्वार्टर मुजफ्फरपुरका डिआइजी दिपक कुमार, आइपीएस सेक्टर हेडक्वाटर पुर्णियाका सेक्टर कमाण्डर (डिआइजी) राजेश टिक्कु, सेक्टर हेडक्वाटर बेटिहका सेक्टर कमाण्डर (डिआइजी) एस सुब्रम्ण तथा एसएसबीका बटालियन कमाण्डरहरुको उपस्थिति रहेको थियो ।
यस्तै सो बैठकमा सशस्त्र प्रहरी सीमा सुरक्षा बलका विभिन्न गणका गणपतिहरुको समेत उपस्थिति रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा बल नम्वर ११ गणका गणपति एवं एसपी विक्रम हुमागाईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।