वीरगञ्ज, १८ पुस । मुलुकमा बढ्दै गएको चरम भ्रष्टाचार विरुद्ध आम जनता पार्टी (आजपा) ले विहिवार मुलुककै आर्थिक नगरी वीरगञ्जमा खबरदारी जुलुश प्रदर्शन गर्दै सभाको आयोजना गरे ।
आजपा पर्सा जिल्ला कमिटिद्धारा आज सदरमुकाम वीरगञ्जमा पत्रकार सम्मेलन गरेर खवरदारी जुलुश प्रदर्शन र सभा गर्ने तयारी गरिएको जानकारी गराइएका हुन् ।
आजपाको वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले भ्रष्टाचारबाट मुलुक आक्रान्त भईसकेको अवस्थामा त्यस्ता कार्य विरुद्ध खवरदारी गर्न सभा जुलुश प्रदर्शन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराए ।
बिरगंजलाई मुलुकको आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग समेत आजपाले आफनो धारणा स्पष्ट रुपमा राखेको बताउदै उनले हालै भ्रष्टाचार बिरुद्ध मधेसमा जागरण अभियान गरेको आजपाले बिरगंजमा भ्रष्टाचार बिरुद्ध खबरदारी सभा गर्न लागेको हो ।
बिरगंजलाई देशको आर्थिक राजधानी घोषणा गराउँन र भ्रष्टाचार बिरुद्ध जागरण गर्ने उदेश्यले पुस २७ गते बिरगंजमा हुने खबरदारी सभालाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विशेष रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जनाए ।
‘मुलुकमा भ्रष्टाचार बढदै गईरहेको छ तर सरकार मुकर्दशक बनेको छ । सरकारकै संरक्षणमा भ्रष्टाचार मौलाउदै गएको छ । हरेक काण्डमा सरकारका मान्छेहरु संलग्न रहेको छ । मुलुक लुटिरहेको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरहेको छ,’ आजपा वरिष्ठ उपाध्यक्ष साहले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्ने सरकारी निकायहरुकै संलग्नतामा हरेक क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेको चर्चा गरे । भ्रष्टाचार बिरुद्ध आवाज उठाउने उदेश्यले हामीले खबरदारी सभा गर्न लागेका छौं उनले भने ।’
सो पत्रकार सम्मेलनमा आजपा महासचिव त्रिभुवन साह (अमर) ले संघिय संरचना आउनु भन्दा अघि वीरगञ्जलाई राजधानी बनाउने भनिए पनि वीरगञ्ज संग धोका भएको बताए । प्रदेशको राजधानी वीरगञ्जलाई बनाउन भनिए पनि षडयन्त्र गरिएको बताए ।
‘काठमाडौं प्रशासनिक राजधानी हुने, पोखरा पर्यटकीय राजधानी हुने तर बिरगंज आर्थिक राजधानी किन नहुने ? हामीले बिरगंजलाई जसरी पनि आर्थिक राजधानी घोषणा गराएरै छाड्ने छौं,’ महासचिव साहले भने, ‘यदी बिरगंजलाई आर्थिक राजधानी घोषणा गरिएन भने हामी चुप लागेर बस्दैनौं । अहिले खबरदारी सभा गरिरहेको छ, सरकारले हाम्रो माग सम्बोधनमा ढिलाई गरे यो भन्दा कडा आन्दोलन गर्न हामी बाध्य हुन्छौं उनले चतावनी दिए ।’
आजपा मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहाले सरकारले हरेक बस्तु र क्षेत्रमा मनोमानी कर लगाएर मुलुकलाई धरासायी बनाउदै गरिरहेको आरोप लगाए । भ्रष्टाचार बिरुद्ध जागरण गर्ने, सरकारको मनोमानी कर आतंकको अन्त्य र वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गराउन दबाब दिने उदेश्यले यहाँ खबरदारी सभा गर्न लागेको उनले बताए ।
आजपा पर्सा जिल्ला कमिटीका इन्चार्ज लखिन्द्र साहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टीका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन