सर्लाही, २० पुस । आठौं विश्व ब्रेल दिवसको सुखद उपलक्ष्यमा मधेश प्रदेश स्तरिय दृष्टिविहिन छात्राबास हाजिरी जवाफ प्रतियोगिता सर्लाहीमा सम्पन्न भएका छन् ।
नेत्रहिन संघ सर्लाहीको आयोजनामा ब्रेल लिपिका आविष्कारक लुई ब्रेलको २१६ औं जन्मजयन्तीको अवसरमा सम्झना तथा आठौं विश्व ब्रेल दिवसको उपलक्ष्यमा भर्चुअल माध्यमबाट मधेश प्रदेश देष्टिविहिन छात्रावास स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएका हुन् ।
नेत्रहीन संघ सर्लाहीको अध्यक्ष चन्देश्वर महतो को सभापतित्व तथा नेत्रहीन संघ नेपाल केन्द्रीय कार्यालयको महासचिव कलाधर भण्डारीको प्रमुख आतिथ्यतामा नेत्रहीन युवा संघ नेपाल बारा शाखाका अध्यक्ष सुधिर चौधरी, नेपाल पत्रकार महासंघ मधेस प्रदेशको पूर्व कोषाध्यक्ष एवं नेपाल पत्रकार महासंघ सर्लाही शाखाको पूर्व अध्यक्ष विश्वनाथ ठाकुर, नेत्रहिन संघ सर्लाहीका प्रमुख सल्लाहकार लक्ष्मीश्वर महतो लगायतको आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा प्रदेश भरीका सातवटा विद्यालयको २५ वटा प्रतियोगी विद्यार्थीहरू सहभागी रहेका थिए ।
प्रायोजक विना नै संस्थाको आन्तरिक स्रोतबाटै बेहोर्ने गरी सञ्चालित उक्त कार्यक्रममा प्रथम हुने प्रतियोगीलाई तोकिएको पुरस्कार उपलब्ध गराउने प्रतिबद्धता गरेकोमा नेत्रहीन संघ सर्लाहीले अपाङ्गता संरक्षण नेपाल परिवार र त्यसका अध्यक्ष विरोध खत्यौडालाई विशेष धन्यवाद दिए ।
उक्त प्रतियोगितामा भेरोकी माध्यमिक विद्यालय महोत्तरीका दृष्टिविहीन विद्यार्थी कन्हैया कुमार शाह प्रथम, नेपाल राष्ट्रिय मावि बाराकी न्यून दृष्टियुक्त विद्यार्थी ऋणकु कुमारी चौधरी द्वितीय, सोही विद्यालयका दृष्टिविहीन विद्यार्थी इन्दल कुमार यादव तृतीय र सुरज पटेल चतुर्थ हुन सफल भएको बताइएको छ ।
विजेताहरुलाई जनही क्रमश २ हजार, १५ सय, एक हजार र ५ सय नगद पुरस्कार स्वरूप प्रदान गरिने उक्त संस्थाका कार्यकारी सदस्य एवं कार्यक्रम सञ्चालक शिवेन्द्र कुमार यादवले जानकारी दिए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट