म्यान्मार । म्यान्मारको सैनिक सरकार (जुन्टा)ले करिब ६ हजार कैदीलाई आममाफी दिने भएको छ । देशको स्वतन्त्रता दिवसको उपलक्ष्यमा आममाफीअन्तर्गत उनीहरूलाई रिहा गर्ने घोषणा म्यान्मार सरकारले शनिबार गरेको छ । म्यान्मा ७७ वर्ष पहिले बेलायती औपनिवेशिक शासनबाट जनवरी ४ मा स्वतन्त्र भएको थियो । स्वतन्त्रता दिवसको अवसरमा शनिबार एक विज्ञप्ति जारी गर्दै १८० विदेशीसहित पाँच हजार ८०० भन्दा बढी कैदीलाई रिहा गरिने जुन्टा सरकारले जनाएको छ । म्यान्मारमा सन् २०२१ को फेब्रुअरीमा भएको ‘कू’ पछि सेनाले प्रजातन्त्रवादी नेत्री आङ साङ सुचीलगायत हजारौँ नेता–कार्यकर्ता, अधिकारकर्मी र प्रदर्शनकारीलाई कारागारमा राखेको छ । जुन्टाका प्रवक्ता जाउ मिन तुनले सञ्चारमाध्यमलाई दिएको अडियो वक्तव्यअनुसार आममाफीमा सामेल भएकामध्ये करिब ६०० जनालाई दण्ड संहिताको धारा ५०५ (ए) अन्तर्गत सजाय सुनाइएको उल्लेख छ । माफी पाउनेमा केही विदेशी केही स्वदेशी छन् । माफी पाएका विदेशीमध्ये अधिकांश थाइल्याण्डका नागरिक छन् । उनीहरूलाई सीमामा रहेको क्यासिनोबाट पक्राउ परेका थिए ।
एजेन्सी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन