मापसे चेकिङ्गमा बबाल, अवस्था साम्य बनाउन प्रहरीद्धारा पाँच राउण्ड गोली फायर

0 Shares
सर्लाही, २१ पुस । मापसे चेकजाँच गर्न खटिएका टोलीलाई घेरा हालेर हातपात गर्न खोज्दा सर्लाहीको रामनगरमा शनिवार राति प्रहरीले ५ राउण्ड गोली हवाई फायर गरेर अवस्थालाई नियन्त्रणमा लिएको छ ।
सर्लाहीमा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय मलंगवाको निर्देशनमा साँझ पख सवारी चेकजाँच एवं मापसे चेकजाँच कार्यलाई तिव्र बनाइएको हो ।
सोही क्रममा रामनगर गाउँपालिका वडा नम्वर ५ बैजनाथ चौकमा गएराति साढे ८ बजेको समयमा सोही वडाका वडाध्यक्ष श्रीनन्दन यादव सहितका व्यक्तिहरु मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेपछि आवश्यक कारवाही गर्न खोज्दा डेढ सय देखि लिएर दुई सम्म स्थानीय बासिन्दहरु भेला भएर सुरक्षाकर्मीहरु माथि जाइलाग्दा बाध्य भएर आत्मसुरक्षार्थ प्रहरीले पाँच राउण्ड गोली हवाई फायर गरेको बताइएको छ ।
मापसे सेवन गरेका वडाध्यक्ष यादवले स्थानीयलाई उचालेर झगडा गर्न थालेपछि ठूलो संख्यामा स्थानीयहरुले प्रहरी चौकी घेराउ गर्दै ढुंगामुढा गर्न थाल्दा बाध्यात्मक रुपमा गोली फायर गरिएको श्रोतबाट बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले रामनगर गापा ५ का वडाध्यक्ष राय मादक पदार्थ सेवन गरेर आएका थिए । १५० जनाको टोलीले प्रहरीको गाडीमाथि आक्रमण गर्न थालेपछि पाँच राउन्ड गोली चलाइएको उनले भने ।
घटनामा ट्राफिक प्रहरी हवल्दार शैलेन्द्र राय यादवको टाउकोमा चोट लागेको छ । उनलाई सिटी स्क्यान गराउन जनकपुर पठाइएको जानकारी दिदै डिएसपी श्रेष्ठले यादवको अवस्था खतरामुक्त रहेको बताए । अहिले सम्म उक्त घटनामा कसैलाई नियन्त्रणमा लिएको छैन् । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ दोषिलाई कानुन बमोजिम कारवाही गरिने बताए ।
गएको पुस १६ गते राति छतौना बेस क्याम्पको सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरलाई बसले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको थियो । बस चलाउने सहचालक विजयकुमार बैठा मादक पदार्थ सेवन गरेर बस चलाउदा उक्त घटना भएपछि सर्लाही प्रहरी चनाखो भएर साँझको समयमा मापसे चेकिंगलाई कडा बनाएको छ । इलाका प्रहरी कार्यालय गडहिया डुमरीयाका प्रहरी निरीक्षक उज्वल कार्कीको नेतृत्वमा मापसे चेकजाँच ट्राफिक प्रहरीले गरिरहदा उक्त घटना भएको डिएसपी श्रेष्ठले भने ।
स्मरिणय छ कि, रामनगर गाउँपालिका वडा नम्वर ५ का वडाध्यक्ष पदमा नेकपा माओवादीको टिकटबाट श्रीनन्दन राय यदाव निर्वाचित भएका थिए । उनी संविधान सभा सदस्य शिवपूजन राय यादवको भाई तथा रामनगर गापा अध्यक्ष राजाबाबु यादवको काका रहेका छन् ।
सर्लाहीको उक्त क्षेत्रमा शिवपुजनको दवदबा चलिरहदा यस्ता प्रकारको घटनाबाट उनलाई खासै फरक पर्दैनन् तर कानुनी राज्यमा कानुन भन्दा माथि कोही छैन् त्यसैले दोषिलाई कारवाही गर्न स्थानीय प्रहरी प्रशासनले खुट्टा कमाउनु हुदैनन् आम मानिसहरुको राय रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।