नेपाल पत्रकार महासंघमा निर्वाचित भएका पत्रकारहरुलाई नेपाली काँग्रेसद्धारा सम्मान

0 Shares
जनकपुरधाम, २१ पुस । नेपाल पत्रकार महासंघको हालै सम्पन्न भएका निर्वाचनमा निर्वाचित भएका पत्रकारहरुको सम्मानमा नेपाली काँग्रेस मधेश प्रदेश प्रचार प्रसार समितिले बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरियो ।
नेपाली काँग्रेस मधेश प्रदेशको जनकपुरधाम स्थित कार्यालयमा आईतवार आयोजित उक्त कार्यक्रममा मधेश प्रदेशको आठ वटै जिल्लामा नेपाल प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलबाट निर्वाचित भएका पदाधिकारीहरुको सम्मानमा प्रचार प्रसार विभागले बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेका हुन् ।
बधाई तथा शुभकामना कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका सभापति एवं पूर्व मन्त्री कृष्णप्रसाद यादवले लोकतन्त्रको आधार स्तम्भ नै पत्रकारिता क्षेत्र भएको बताउदै पत्रकारिता क्षेत्र कमजोर भएमा लोकतन्त्र कमजोर हुने नेपाली काँग्रेसको ठहर छ ।
नेपाल पत्रकार महासंघका आठ वटै जिल्ला र प्रदेशमा निर्वाचित भएका पत्रकारहरुलाई लोकतन्त्रलाई बलियो बनाउने पक्षमा निरन्तर रुपमा निर्भिक भएर कलम चलाई समाजलाई विकासको पथमा रुपान्तरित गर्दै अघि बढ्ने दायित्व तपाईहरुको काँधमा आएको उनले भने । साथै निर्वाचित सबै जनाको कार्यकाल सुखद एवं सफलता पूर्वक वितोस भने बधाई तथा शुभकामना दिए ।
सो कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेस मधेश प्रदेशका उपसभापति एवं पूर्व मन्त्री विरेन्द्र प्रसाद सिहले पत्रकार समाजको आईना हो, समाजलाई विकसित एवं स्वच्छ बनाउन पत्रकारको भुमिका अति नै महत्वपूर्ण रहने भएको हुँदा नेपाली काँग्रेसको जग बलियो बनाउन तथा यहाँका केही भ्रमहरुलाई चिर्नमा तपाईहरुको साथ सहयोग रहनु पर्ने आवश्यक्ता महसुस गर्दै निर्वाचित सबै पदाधिकारीहरुलाई बधाई तथा शुभकाना दिए ।
मधेश प्रदेश सरकारमा अर्थमन्त्री रहनु भएका सुनिलकुमार यादवले मधेश प्रदेशलाई अन्य प्रदेशको दाँजोमा सम्मुन्नत बनाउन पनि संचारकर्मीहरुबाट आउने सुझावलाई सकारात्मक रुपमा लिएर अघि बढ्ने विश्वास प्रकट गर्दैै नेपाली काँग्रेसलाई बलियो बनाउनमा तपाईहरुको अग्रिणी भुमिका हुनुपर्ने र विजयी सबैलाई सफल कार्यकालको लागि शुभकामना दिए ।
सञ्चार तथा प्रचार प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रदेश साँसद नागेन्द्र साह, महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र प्रसाद यादव, नेका प्रदेश सदस्य सुर्य थापाले नवनिर्वाचित नेपाल पत्रकार महासंघ शाखा तथा मधेश प्रदेशका पदाधिकारुहरुलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिए ।
उक्त कार्यक्रममा मधेश प्रदेशका पर्सा, वारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा निर्वाचित भएका पदाधिकारीहरुको उपस्थिति रहेको प्रचार प्रसार विभाग प्रमुख गुप्ताले जानकारी दिए ।
नेपाली काँग्रेस मधेश प्रदृेश प्रचार प्रसार विभागद्धारा आईतवार आयोजित सम्मान तथा बधाई कार्यक्रममा मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित कार्यालयमा सम्मानग्रहण कार्यक्रमा उपस्थित एवं सम्मनित पदाधिकारीरुको केही रोचक तस्वीर ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।