राधेश्याम कुशवाहा
सर्लाही, २५ पुुस । गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सञ्चार क्षेत्रमा कार्यरत रहेका सञ्चारकर्मीहरुले राजनीतिक दलको समाचारलाई महत्व नदिई समाजमा लुकेका विकृति विसंगतीलाई प्राथमिताको सूचीमा राखेर समाचार बनाउनु पर्ने बताए ।
आमसञ्चार प्रधिकरण मधेश प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको समन्वयमा विहिवार मलंगवा स्थित होटेल सुजातामा “एआई र साइबर सेक्युरिटी” सम्बन्धी एक दिन अभिमुखिकरण कार्यक्रम सुरु भएका हुन् ।
गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीलेसम्बन्धी एक दिन अभिमुखिकरण कार्यक्रमको उदघाटन मन्तव्य राख्दै गृह, सञ्चार तथा कानुन मन्त्री लेखीले राजनीतिक दलको कार्यक्रम, भाषण लगायतका समाचारलाई प्राथमिकतामा नराखी जनताहरुको सराकारावाला निकायमा भईरहेको बेथिती, ढिलासुस्ती, कर्मचारी अनुपस्थित लगायतका विषयलाई उठान गरेर त्यस्ता समस्यालाई समाधान गराउने खालका समाचार बनाउनु पर्नेमा जोड दिए ।
हामी राजनीति गर्ने राजनीतिक दलहरु आ आफनो जिम्मेवारी गम्भीरतापूर्वक नबुझेको कारण संघियता कार्यान्वय राम्ररी ढंगबाट हुन नसकेको जिकिर गर्दै एमाले, काँग्रेस, माओवादी सहितका दलहरु जिम्मेवार भएमा मात्रै संघियता कार्यान्वयन हुनेछ । खाली भाषण, मुखले बोलेर संघियता कार्यान्वयन हुन कठिन रहेको चर्चा गर्दै त्यसको लागि इमान्दार भई कामको माध्यमबाट जनताको विश्वास जितेर मात्रै संघियतालाई कार्यान्वयन गराउन सकिने बताए ।
माओवादी अध्यक्ष प्रचण्ड माथि कटाक्ष गर्दै गृह, सञ्चार तथा कानुन मन्त्री लेखीले तिन पटक प्रधानमन्त्री भएको अवधीमा केही गर्न नसकिने तथा सरकारबाट बाहिरिएपछि अब संघियतालाई बलियो बनाई जनजनको अधिकारलाई सुनिश्चितता दिलाउने जस्ता झुठा कुरा गरेर हुँदैनन् । झुठा आश्वासन, झुठा कुराहरु छाडी मुलुकको राष्ट्रिय दल भनाउनेहरु पूर्ण इमान्दारीका साथ लागेमा कुनैपनि कार्य असम्भव नरहेको स्पष्ट पारे ।
सात वटा प्रदेशका सरकारहरु पर्याप्त ऐन कानुन बनाएर नागरिकहरुलाई सक्दो सेवा सुविधाहरु प्रदान गरेर नेपालको संघिय राज्य प्रणालीलाई बलियो बनाउनुपर्ने बताए । कहि कतै प्रदेशको संरचना खारेजी गर्नुपर्ने आवाज उठिरहेकोमा दुख व्यक्त गर्दै मन्त्री लेखीले प्रदेश खारेज भयो भने अहिलेको संविधान असफल हुने छ, संविधानको खारेजी भन्नुपर्ने हुन्छ, त्यसैले संविधानलाई बलियो बनाउन सबैको संविधान हुनुपर्नेमा उनले जोड दिए ।
गृह, सञ्चार तथा कानुन मन्त्री लेखीले लामो समय देखि कार्यरत रहेका एवं काम गरिरहेका संचारकर्मीहरुलाई सम्मान गर्न, राज्यबाट प्रोत्साहन गर्न प्रदेश सरकारले केही दिन भित्रै कार्यक्रमको आयोजना गर्ने आश्वास समेत दिए । संचार क्षेत्रमा कार्यरत संचारकर्मीहरु पनि अल्छि हुदै गएको छ ।
अहिले कपिपेष्ट गर्नेहरुको जमात बढेकोमा चिन्ता व्यक्त गर्दै त्यस्ता कार्यलाई निरुत्साहित गरेर सत्य, तथ्य र निर्भिक्क भई समाजमा लुकेका समाचारलाई बाहिर ल्याउनमा सक्रिय भूमिका संचारकर्मीहरुले खेलेमा मात्रै मधेश प्रदेशमा विकास हुने छ, समाजबाट कुरितीहरुको अन्त्य हुने विश्वास व्यक्त गरे ।
सो कार्यक्रममा आमसञ्चार प्राधिरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुर लगायत सर्लाहीका शाखाका पदाधिकारीहरु सहित संचारक्षेत्रमा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको दोश्रो “एआई र साइबर सेक्युरिटी” सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहजिकरण एवं प्रशिक्षकको भूमिकामा नेपाली नेटवर्कका संस्थापक डायरेक्टर जीवन भण्डारी रहनु भएको बताइएको छ ।