लालबन्दीमा बाल अनुगमन तथा सकारात्मक अभिभावकत्व सम्बनधी दुई दिने तालिम सम्पन्न

0 Shares
राधेश्याम कुशवाहा
सर्लाही, २९ पुस । सर्लाहीको लालबन्दीमा बाल अनुगमन तथा सकारात्मक अभिभावकत्व सम्बन्धि दुई दिने तालिम सोमवार सम्पन्न भएको छ ।
वल्र्ड भिजन नेपाल र बागमती सेवा समाज नेपालको सहजीकरणमा आईतवारबाट सुरु भएको तालिम आज सम्पन्न भएको हो ।
तालिममा बाल अनुगमन गर्ने तरिका, बालबालिकाको मनोभावना बुझने, बाल बिबाह रोक्न, अभिभावक शिक्षाको चिनारी, महत्व, बालबालिकाको आधारभुत  अधिकार, बालबालिकामा लगानी, बाल विकासका  चरण तथा विविध  पक्षहरु, परिवार भनेको के हो ?, परिवारको विशेषता, असल परिवारको परिकल्पना, बालबालिका सँग संचार र कुराकानी, सकारात्मक संचारको फाईदा लगायत सकारात्मक अभिभावकत्व सम्बन्धि विभिन्न विषयमा छलफल गरिएको बागमती सेवा समाज नेपालले जानकारी दिएको छ ।
तालिममा हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा बसोबास गर्ने अभिभावकहरुको उपस्थिति रहेको थियो । हरिपुर्वा नगरपालिका वडा नं ४ का अभिभावक खुसिलाल यादवले तालिम एकदम उत्कृष्ट लागेको तथा तालिममा विभिन्न कुराहरु सिक्ने अवसर प्राप्त भएको बताए । अब लागूऔषध सम्बन्धि जनचेतनामूलक तालिमको व्यवस्थापन गर्न आयोजक संस्था सँग उनले आग्रह गरे  ।
पर्सा गाउँपालिका वडा नं ४ का अभिभावक पुष्पाञ्जली साहले यस तालिमबाट मेरो छोराछोरी सँग गरिने व्यवहार नै अब परिवर्तन हुने बताए । पहिला पहिला बच्चालाई कुटपिट पनि गरिन्थ्यो तर अब देखि बुझाएर नै उनिहरुको व्यवहार परिवर्तन गर्छु जस्तो लागेको बताए । तालिममा २६ अभिभावकहरुको उपस्थिति रहेको थियो ।
तालिम वल्र्ड भिजन नेपालको जिल्ला संयोजक सीता चौधरी र बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेश बाँदेले सहजीकरण गर्नुको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।