अपहरित बालकलाई सकुशल उद्धार गर्दै अपहरणकारीलाई हतियार सहित पक्राउ गर्न सर्लाही प्रहरी सफल

0 Shares
राधेश्याम कुशवाहा
सर्लाही, २९ पुस । एक भारतीय बालकको अपहरण गरी बन्धक बनाएको अस्थामा सर्लाही प्रहरीले छापा मारेर बालकको सकुशल उद्धार गर्दै अपहरणकारीलाई हातहतियार सहित पक्राउ गर्न सफल भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रेस नोटको माध्यमबाट सोमवार अबेर सार्वजनिक गर्दै हिजो आईतवार १ बजेको समयमा १५ बर्षको भारतीय बालकको अपहरण गरेर सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्वर ४ स्थित प्राप्त सूचनाका आधारमा सुरक्षाकर्मी परिचालन गरेर रामजी साहको घरकोठालाई चारै तिरबाट घेरा हालेर बालकलाई उद्धार गर्न सफल भएका हुन् ।
बालक उद्धार गर्दै सोही स्थान बस्ने गिरिज साहको ६८ बर्षिय छोरा रामजी साह, सोही स्थानका संजय पासवानको १९ बर्षिय छोरा विक्रम पासवान र भारत विहार राज्य सीतामढी जिल्ला राजबाडा ग्रामपंचायत मुसहर्निया टोलका रामपुकार साहको २७ बर्षिय छोरा प्रवचन साहलाई प्रहरीले नियन्त्रणमा लिए ।
बन्धक बनाएको काठाबाट प्रहरीले कटुवा पेस्तोल एक थान, सोमा लाग्ने दुई राउण्ड गोली, मोवाईल १ थान, धारिलो सानो चक्कु एक थान, हथौडा एक थान र बिआर ०६ बीटी २८५० नम्वरको मोटरसाइकल एक थान सहितका सामानहरु बरामद गरिएको जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासत कक्षमा राखिर अपहरणमा संलग्न भएका आरोपितहरुलाई सर्लाही अदालतबाट अपहरण, शरिर बन्धक तथा हातहतियार खरखजाना सम्बन्धी कसुर अन्तर्गतको मुद्दामा सात दिनको अनुमती लिएर प्रहरीले अनुसनधान कार्य सुरु गरेको डिएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।