“एचपीभी खोप”अभियान २०८१ जिल्ला स्तरीय खोप समन्वय समिति तथा संचारकर्मीहरु बीचको अभिमुखिकरण कार्यक्रम सम्पन्न

0 Shares
रौतहट, ३ माघ । पाठेघरको मुखको क्यान्सर विरुद्धको “एचपीभी खोप”अभियान २०८१ लाई भव्य रुपमा सम्पन्न गराउनका निमित्त संचारकर्मीहरु संगको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रौतहट गौरद्धारा विहिवार सियाप्यालेस होटेलमा पाठेघरको मुखको क्यान्सर विरुद्धको “एचपीभी खोप”अभियान २०८१ जिल्ला स्तरीय खोप समन्वय समिति तथा संचारकर्मीहरु बीचको अभिमुखिकरण बैठक सम्पन्न भएको हो ।
माघ २२ गते देखि देखि देशैभरी सुरु भईरहेको एचपीभी खोप अभियान २०८१ आउदो फागुन ६ गते सम्पन्न हुने छ । यो खोप खास गरेर कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई लगाइनेछ । विद्यालय बाहिर रहेका १० बर्ष देखि १४ बर्षकी बालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय रौतहट प्रमुख राजेश सिंहले जानकारी दिए ।
नेपालमा पाठेघरको मुखको क्यान्सरको समस्या बढ्दै गएको अवस्थामा नेपाल सरकारले कक्षा ६ देखि १० मा अध्ययन गर्ने बालिकाहरुलाई अभियानका रुपमा संचालन हुने भएको हुँदा संचारकर्मीहरुलको महत्वपूर्ण भूमिका रहने गरेको स्पष्ट पार्दै प्रमुख सिंहले त्यसको लागि दुई सय जनशक्तिलाई तालिम दिइसकेको उनले स्पष्ट पारे ।
नेपाल पत्रकार महासंघ रौतहटका सभापति संजयकुमार कार्कीले राष्ट्रको मत्वाकाँक्षी कार्यक्रम एचपीभी खोप अभियानलाई पूर्ण रुपमा रौतहटका संचारकर्मीहरुले सफल पार्ने प्रतिबद्धता जनाए ।
सो कार्यक्रमको सभापतित्व जिल्ला समन्वय समितिका अध्यक्ष रामअयोध्याय यादव, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल प्रहरीका एसपी दिलिप घिमिरे, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाई, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक अभिनय सिंह, नेपाल पत्रकार महासंघका पूर्व सभापति प्रेमचन्द्र झा, प्रादेशिक अस्पताल गौरका मेसु मुरारी ठाकुर, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राजेश सिंह सहितका संचारर्मीहरु सहित स्वासथ्यकर्मीहरुको उपस्थिति रहेको खोप निरीक्षक अनिल कर्णले जानकरी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।