अदालतले इशनाथ नगरपालिकाको नाममा रहेका २१ वटा खाता रोक्का गर्यो

0 Shares
रौतहट, ४ माघ । रौतहट जिल्ला अदालतले इशनाथ नगरपालिकाको राष्ट्रिय वाणिज्य बैंक गौर शाखामा रहेका २१ वटा खातालाई रोक्का गरेका छन् ।
पटक पटक अदालतको फैसला कार्यान्वयन गनरी अवेहलना गर्दै आएकोमा वादी पक्षले फैसला कार्यान्वयनका लागि दिएका निवेदनको आधारमा आज रौतहट जिल्ला अदालतले सदरमुकाम गौर स्थित राष्ट्रिय वाणिज्य बैंकमा इशनाथ नगरपालिकाको २१ वटा खातालाई रोक्क राखेर जानकारी पठाने पत्राचार गरिएका हुन् ।
गौर नगरपालिका वडा नम्वर ५ मा घर भई हाल इशनाथ नगरपालिका वडा नम्वर १ को वडा कार्यालयमा कार्यरत सहायक कर्मचारी उमेशप्रसाद यादव र प्रतिवादी इशनाथ नगरपालिकाको कार्यालय औरैया रौतहट समेत भएको फैसला वमोजिमको विगो रकम दिलाई भराई पाउँ भने मुद्दामा रौतहट जिल्ला अदालतले आज माघ ४ गते को आदेशानुसार गरिएको तहसिलदार दुर्गाबहादुर कार्कीद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
अदालतले इशनाथ नगरपालिकाको नाउँमा राबा बैंक गौर शाखामा रहेका खाता नम्वरहरुः १२१०१००३०१०१०००६, १२१०१००३०१२०००६, १२१०१००३०१०३०००६, १२१०१००३०१०४०००६, १२१०१००३०१०५११०६, १२१०१००३०१०५१२०६, १२१०१००३०१०५१३०६, १२१०१००३०१०५१४०६, १२१०१००३०२०१०००६, १२१०१००३०२०२०००६, १२१०१००३०२०३०००६, १२१०१००३०२०४०००६, १२१०१००३०२०५५०००६, १२१०१००३०२०६०००६, १२१०१००३०२०७०००६, १२१०१००३०००००६, १२१०१००३०४०१०००६,  १२१०१००३०५०१०००६, १२१०१००३०६०१०००६, १२१०१००३०७०१०००६ र १२१०१००३०७०२०००६ रोक्का राख्न तहसिलदार कार्कीले हस्ताक्षर गरेर बैंकलाई पठाएको पत्र पीडित वादी पक्षले तराई टपलाई उपलब्ध गराए ।
वादी उमेश प्रसाद यादव स्थायी कर्मचारी भएपनि निज विरुद्ध २०७० साल देखि लिएर २०७३ साल असार मसान्त सम्मको १० लाख ३९ हजार ७५० रुपैया तलव वापतको रकम तथा २ लाख ३३ हजार संचयकोषको रकम गरेर १२ लाख ७२ हजार ७५० रुपैया तत्कालिन समय देखि बाँकी रहेको माग दाबी गर्दै पुनरावेदन अदालत हेटौडामा मुद्दा दायर गरेको पीडित कर्मचारीका वुवा गौरीशंकर प्रसाद यादवले बताए ।
पुनरावेदन अदालतको फैसलालाई कार्यान्वयन गराउनका लागि उच्च अदालत विरगंजमा दुई पटक अवहेलना मुद्दा दर्ता गराइयो तैपनि नगरपालिकाले मेरो छोराको तलव भत्ता, दशैंखर्च, पोशाक भत्ता लगायतका रकम दिन आनाकानी गर्दै आए । २०८० फागुन ११ गते सर्वोच्च अदालतको फैसला कार्यानवयनका लागि २०८१ साउन १८ गते रौतहट जिल्लामा निवेदन दिएको पीडित कर्मचारीको बुवा यादवले तराई टप लाई जानकारी गराए ।
कर्मचारी भएकै कारण पीडा सहेर पनि बसेको छोरालाई आज अदालतले इशनाथ नगरपालिकाको राबा बैंकमा रहेका २१ वटा खातालाई रोक्का गरेपछि बल्ल तलव पाउने आशा पलाएको यादवले बताए ।
तिन बर्ष अवधीको तलव नदिएकोमा अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखा प्रमुख मनोज ठाकुरलाई जनही २५÷२५ रुपैया जरिवाना गर्दै अविलम्ब उमेरप्रसाद यादवको तलव दिनु भनेर आदेश दिएको समेत पीडित कर्मचारीको वुवा गौरीशंकर प्रसाद यादवले बताए ।
खाता रोक्क सम्बन्धमा इशनाथ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्तासंग ९८५५०४०३१० मा फोन गर्दा उहाँले रिसिभ गर्नुभएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।