सर्लाही, ४ माघ । वल्र्डभिजन इन्टरनेसनल नेपाल को सहयोग तथा बागमती सेवा समाज नेपालको आयोजनामा महत्वपूर्ण परिवर्तन सम्बन्धि कथा लेखन तालिम सम्पन्न भएको छ ।
सर्लाहीको लालबन्दीमा सम्पन्न भएका, बाल संरक्षण समुदाय संलग्नता स्पोन्सरशीप परियोजना अन्तर्गत भएको तालिममा बालबालिकाहरुले आफूले अनुभव, अनुभूति गरेका, देखेका जानेका, बुझेका आफ्नै तथा घरपरिवार साथै समुदायका प्रेरणादायी, महत्वपूर्ण कथाहरु लेखेर बाचन गरेर प्रस्तुत गरेको बागमती सेवा समाज नेपाल हरिवनका परियोजना संयोजक प्रमेश बादेले बताएको हो ।
मा दुर्गा बाल क्लबका पर्सा–४ अध्यक्ष रसिदा खातुन भनिन “यो तालिममा सहभागी हुनु पाउँद मलाई एकदम खुशी लागेको छ । मैले यहाँ कथा के हो, कसरी लेख्ने तथा त्यसलाई कसरी प्रस्तुत गर्ने जान्ने भए । आफ्नो तथा घरपरिवारको बारेमा पनि बताए र साथीहरुको पनि सुने । आउँदा दिनमा पनि आयोजक संस्थाबाट यस्तै तालिमहरुको आशा रहेको अध्यक्ष खातुनले बताए ।
हरिपुर्वा न.पा.–४, सुरक्षा बाल क्लबका सदस्य रतिका यादव भन्छिन “यो तालिमले मलाई अगाडी आएर बोल्न सिकाएको छ । मैले मेरै आफ्नो कथा लेखे र सबै साथीहरुको अगाडी सुनाए । सबैले सराहना गरेको देख्दा एकदम खुशी लागेको बताइन् ।
३ दिन सम्म संचालन भएको तालिममा हरिपुर्वा नगरपालिका तथा पर्सा गाउँपालिकाका २४ जना दर्ता गरिएको बालबालिका तथा जोखिमा रहेका किशोरकिशोरीहरुको सहभागिता रहेको थियो भने सहजिकरण वल्र्ड भिजन ईन्टरनेशनल नेपाल पूर्व फिल्ड अफिसका जिल्ला संयोजक सीता चौधरी, स्पोन्सरसीप लिड रश्मी गुरुङ र बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेश बादेले गरेका थिए ।

प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट