सर्लाही, ४ माघ । तराई मधेशमा चिसोबाट गरिव, असहाय एवं विपन्न वर्गलाई जोगाउने उद्देश्यबाट सर्लाहीमा शुक्रवार सिरक वितरण गरिएका छन् ।
सर्लाहीको पर्सा गाउँपालिका वडा नम्वर ३ र ५ का अति विपन्न परिवारका सदस्य, गरिव, दलित गरेर करिव ६८ घरपरिवारलाई जिल्ला विपद व्यवस्थापन समितिबाट फाइवर सिरक वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएका हुन् ।
गरिव एवं दलित समुदायका असहायलाई फाइवर सिरक वितरण गर्दै प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले चिसो मौसममा यी समुदाय बासिन्दाहरुलाई न्यानो कपडा, ओढ्ने सिरक एवं विभिन्न न्यानोको लुगाफाटाहरुको अभाव हुन्छन् सोही क्रममा जिल्ला विपद व्यवस्थापन समितिबाट आवश्यक्ता पहिचान गरेर यहाँ वितरण गरिएको बताए । आज दलित असहायलाई सिरक वितरण गर्न पाउदा निकै गौरवान्वित महसुस गरे र मानविय कार्यमा आफू सदैव राज्यको नीति अनुसार अघि बढ्ने प्रतिबद्धता जनाए ।
उक्त वितरण कार्यक्रममा प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक बिनोदराज खनाल, सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे, पर्सा प्रहरी चौकीका इन्चार्ज, वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।



प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट